काभ्रेपलाञ्चोक धुलिखेलमा अवस्थित रामचन्द्र घिनाङ्जू समाजसेवा प्रतिष्ठानले शब्दयात्रा प्रकाशनलाई ११ हजार १ सय रुपियाँ आर्थिक सहयोग गरेको छ ।
काभ्रे जिल्लामा नेपालमै पहिलोपटक वाङ्मयअन्तर्गतका शिक्षा, साहित्य, पत्रकारिता, सङ्गीत र विज्ञान विधाका प्रथम साधकको सालिक राख्न लागिएको हुनाले त्यसका लागि उक्त सहयोग उपलब्ध गराइएको हो ।
सालिकका लागि आर्थिक सहयोग
दुई शब्दसाधक पुरस्कृत
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा अनुसन्धान सम्मानबाट सम्मानित व्यक्तित्व साहित्यकार तथा अनुसन्धाता प्रा. डा. गार्गी शर्मा (काठमाडौँ) लाई नइ रेखा पुरस्कार र शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट सम्मानित व्यक्तित्व साहित्यकार, पत्रकार तथा अनुवादक नकुल काजी (झापा) लाई नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय नइ प्रकाशनले गरेको छ । यी दुवै पुरस्कार ५० हजार राशिका रहेका छन् ।
पुरस्कार प्राप्त गर्ने दुवै शब्दसाधकलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक बधाई छ ।
शब्दयात्राबाट सिफारिस आह्वान
शब्दयात्रा प्रकाशनले आगामी २०७५ जेठ महिनामा समर्पण गर्नुपर्ने सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाम र योगदानको विवरण आगामी वैशाख २५ गतेभित्र उपलब्ध गराइदिन इच्छुक सबैमा अनुरोध गरेको छ ।
यस वर्षदेखि जेठ महिनामा ६ वटा विधामा सम्मान समर्पण गरिने भएको छ । ती सम्मानहरूमा कवि नन्दिकेश्वर अधिकारीका विषयमा शोध गर्ने व्यक्तिलाई प्रदान गरिने ‘शब्दयात्रा शोध सम्मान’, शब्दयात्रा प्रकाशनबाट २०७४ सालभरिमा प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई प्रदान गरिने ‘शब्दयात्रा सिर्जना सम्मान’, सामाजिक जागरणका क्षेत्रमा उत्कृष्ट योगदान गरेको व्यक्ति वा संस्थालाई प्रदान गरिने ‘शब्दयात्रा सामाजिक जागरण सम्मान’, उत्कृष्ट योगदान गरेको शिक्षकलाई प्रदान गरिने ‘शब्दयात्रा शिक्षक सम्मान’, कुनै पनि क्षेत्रबाट राष्ट्रिय महàवको योगदान पु¥याएको व्यक्तिलाई प्रदान गरिने ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ र प्रशासक भएर अन्य क्षेत्रमा पनि योगदान गरेकी महिलालाई प्रदान गरिने ‘शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान’ रहेका छन् ।
यी सम्मानहरूको आर्थिक व्यवस्थापन क्रमशः गीता मञ्जुश्री, कल्याण लम्साल, आनन्दराज श्रेष्ठ, निर्मलाकुमारी यगोल श्रेष्ठ, कृष्णहरि मैनाली र उर्मिला श्रेष्ठ भोजपुरेले गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनले वृत्तचित्र बनाउँदै
शब्दयात्रा प्रकाशनले निकट भविष्यमा नै ‘शब्दसौगात’ नामको वृत्तचित्र सार्वजनिक रूपमा प्रदर्शन गर्ने भएको छ । त्यसका लागि निर्माणकार्य धमाधम भइरहेको छ । यसको निर्देशन, लेखन तथा स्वराङ्कन ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जाराबाट भएको हो भने छायाङ्कन निरञ्जुल कायस्थले गर्नुभएको हो ।
निर्देशक शिव बन्जाराका अनुसार वृत्तचित्र करिब १ घन्टाको हुनेछ र यसको सम्पूर्ण छायाङ्कन कार्य समाप्त भइसकेको छ भने अहिले यसको सम्पादनकार्य इ. रोशन मञ्जुश्री अधिकारीबाट भइरहेको छ ।
सालिकका लागि आर्थिक सहयोग
प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ र पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारतीको सालिक नेपालमा पहिलोपटक बनेपामा एकै ठाउँमा स्थापना गर्ने प्रयोजनका लागि शब्दयात्रा प्रकाशनलाई काठमाडौँ नरदेवीको नेक्स्ट जेनेरेसन रेसिडेन्सियल एकेडेमीले ५ हजार १ सय ५१ रुपियाँ आर्थिक सहयोग गरेको छ । यसै गरी तपोधन उपाध्याय (चौकोट, काभ्रेपलाञ्चोक) बाट पनि ५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
सहयोगका लागि वचनबद्धता व्यक्त गर्नेहरू पनि धेरैजना हुनुहुन्छ ।
नाम सिफारिस पठाउन अनुरोध
आगामी २०७५ जेठ महिनामा यस संस्थाबाट निम्नलिखित विधाका सम्मानहरू समर्पण गर्नुपर्ने भएकाले उपयुक्त व्यक्ति वा संस्थाको नाम र योगदानको विवरण उपलब्ध गराइदिन इच्छुक सबैमा अनुरोध छ ।
१. शब्दयात्रा शोध सम्मान (नन्दिकेश्वर अधिकारीका विषयमा शोध गर्ने व्यक्ति), २. शब्दयात्रा सिर्जना सम्मान (शब्दयात्रा प्रकाशनबाट २०७४ सालभरिमा प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट लागेको पुस्तक), ३. शब्दयात्रा सामाजिक जागरण सम्मान (सामाजिक जागरणका क्षेत्रमा उत्कृष्ट योगदान गरेको व्यक्ति वा संस्था), ४. शब्दयात्रा शिक्षक सम्मान (उत्कृष्ट योगदान गरेको शिक्षक), ५. शब्दयात्रा राष्ट्रझङ्कार सम्मान (कुनै पनि क्षेत्रबाट राष्ट्रिय महàवको योगदान पु¥याएको व्यक्ति), ६. शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान (प्रशासक भएर अन्य क्षेत्रमा पनि योगदान गरेकी महिला) ।
शब्दयात्रा प्रकाशन
बनेपा, काभ्रे
शब्दयात्राका शुभचिन्तकहरूलाई पुरस्कार
शब्दयात्रा प्रकाशनका सहयोगी साहित्यकार भरत जङ्गमलार्ई नेपालको राष्ट्रियता तथा भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारका साथै भ्रष्टाचारविरोधी अभियानमा समेत अहोरात्र समर्पित भएर मातृभूमिप्रति अर्पेको विशिष्ट योगदानका निम्ति ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यसै गरी शब्दयात्रा प्रकाशनद्वारा सम्मानित गीतकार किरण खरेललाई गीतिकवितालेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाउन उल्लेखनीय योगदान गर्नुका साथै तत्कालीन समयमा वृत्तचित्र र समाचारचित्रहरूमा सर्वोत्कृष्ट उद्घोषणद्वारा जनमन छुन सफल भएकोमा ‘नइ भाजप पुरस्कार’ समर्पण गरिने भएकोे छ ।
वैशाख ३० गते आयोजना गरिने कार्यक्रममा उहाँहरूका साथमा प्रा. डा. वेणीमाधव ढकाल र डा. ध्रुवचन्द्र गौतमलाई पनि पुरस्कृत गरिनेछ । चारैैवटा पुरस्कारका राशि एक–एक लाख रुपियाँ रहेका छन् ।
त्यसै गरी साढे छ दशकअघिदेखि नेपाली नारी जागरणका लागि निरन्तर सङ्घर्षरत रहँदै नेपाली भाषा–साहित्यको सृजनामा समेत पु¥याएको विशिष्ट योगदानका निम्ति शब्दयात्रा प्रकाशनका सहयोगी सुश्री शान्ता श्रेष्ठलाई पचास हजार रुपियाँ राशिको ’नइ खरा प्रदीप्ति पुरस्कार’ समर्पण गरिने भएको छ । उहाँका साथमा मोदनाथ प्रश्रित पनि पुरस्कृत हुनुहुनेछ ।
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेको सालिकका लागि आर्थिक सहयोग गर्ने क्रममा सुनील सापकोटा (विराटनगर, मोरङ) ले २५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । देवीप्रसाद सापकोटाका सन्ततिहरूबाट उक्त रकम प्राप्त भएको कुरा उहाँले बताउनुभएको छ ।
अन्य महानुभावहरूले पनि सालिकका लागि आर्थिक सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली भाषाशिविरमा शब्दयात्रा
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले साना किसान विकास बैङ्कबाट आयोजित नेपाली भाषासम्बन्धी एकदिने शिविरमा वर्णविन्याससम्बन्धी प्रशिक्षण दिनुभएको छ ।
गत २०७४ चैत १० गते शुक्रबार आयोजना गरिएको भाषाशिविरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत, मुख्य प्रबन्धक, वरिष्ठ प्रबन्धक र अधिकृत तहका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
एक वर्षमा बीस पुस्तक
शब्दयात्रा प्रकाशनले २०७४ सालमा २० वटा पुस्तक प्रकाशन गरेर सार्वजनिक गराएको छ । २०७३ सालमा पनि यस संस्थाबाट २० वटै पुस्तक प्रकाशित भएर सार्वजनिक भएका थिए । २०७२ सालमा १८ वटा, २०७१ सालमा १६ वटा, २०७० सालमा ९ वटा, २०६९ सालमा ११ वटा र २०६८ सालमा ६ वटा पुस्तक यस संस्थाबाट प्रकाशित भएका थिए । यसरी शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय पुगेको छ ।
२०७४ सालमा एकै कृतिकार श्रीधर प्याकु¥यालका ४ कृति प्रकाशित भएका छन् । हरि मञ्जुश्री र पूरा श्रेष्ठका २–२ कृति तथा जगन्नाथ गिरी, गणेशबहादुर खत्री, मुकुन्दप्रसाद उपाध्याय, टेकलाल भारती, भवानी पाण्डे, कल्याण लम्साल, पदमनाथ ढुङ्गाना र शारदाप्रसाद शर्मा (संयुक्त), दुर्गाप्रसाद अधिकारी, द्रोणप्रसाद श्रेष्ठ, हरीश अधिकारी, बेलप्रसाद श्रेष्ठ र विष्णुहरि तिमल्सिनाका १–१ कृति प्रकाशित भएका छन् ।
यसै वर्ष यस संस्थाले ‘कवितामा रोजनाथ’ नामक श्रवण–पुस्तक कवितासङ्ग्रह पनि बनाएको छ । उक्त पुस्तक यु–ट्युबमा हेर्न र सुन्न पाइन्छ ।

