Home Blog Page 173

शब्दयात्राबाट ६ सम्मान समर्पण, ३ पुस्तक सार्वजनिक

0

शब्दयात्रा प्रकाशनले २०७५ सालको पहिलो कार्यक्रममा ६ विधाका सम्मान समर्पण गरी ३ वटा पुस्तक सार्वजनिक ग¥यो । यीसमेत शब्दयात्रा प्रकाशनले हरेक वर्ष समर्पण गर्ने १८ विधाका सम्मानहरूबाट ७ वर्षभित्र सम्मानित हुनेको सङ्ख्या १ सय ६ र प्रकाशन गरिएका कृतिको सङ्ख्या १ सय ३ पुगेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको परिसरमा आयोजित विशेष समारोहमा सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि पूर्वीय वाङ्मयकी विदुषी कान्ता भट्टराईबाट अभिवन्दनापत्र, विशेष अतिथि भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमबाट किरीट, अतिथि डा. नन्दीश अधिकारीबाट रुद्राक्षको माला, आर्थिक व्यवस्थापकका तर्फबाट ५ हजार रुपियाँ र चयन समितिका तर्फबाट उपहार समर्पण गरिएको थियो ।
समारोहमा शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट पहिलो महिला महाप्रबन्धक सावित्री जङ्गम थापा, शब्दयात्रा राष्ट्रझङ्कार सम्मानबाट जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ, शब्दयात्रा सिर्जना सम्मानबाट निबन्धकार द्रोणप्रसाद श्रेष्ठ, शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट शोधकर्ता नरेन्द्रकुमार अधिकारी, शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट सुभाष स्मृति प्रतिष्ठान र शब्दयात्रा शिक्षक सम्मानबाट शिक्षासेवी रामप्रसाद अधिकारी सम्मानित हुनुभएको थियो ।
समारोहमा सरस्वती शर्मा सुवेदीद्वारा लिखित कथासङ्ग्रह ‘परेली’ लाई कान्ता भट्टराईले, पदमनाथ ढुङ्गानाद्वारा लिखित तथा गीता मञ्जुश्री र दामोदर घिमिरेद्वारा सम्पादित लेखसङ्ग्रह ‘कर्मयोद्धासँग शब्दसंवाद’ लाई भरत जङ्गमले र डा. हेमराज काफ्लेद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ लाई डा. नन्दीश अधिकारीले सार्वजनिक गर्नुभएको थियो ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन उर्मिला श्रेष्ठ भोजपुरे, कृष्णहरि मैनाली, गीता मञ्जुश्री, कल्याण लम्साल, आनन्दराज श्रेष्ठ र निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको थियो भने डा. रजनी शाक्यको संयोजकत्वमा इ. लक्ष्मण खड्का र देवराज अधिकारी सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समितिले सम्मानित व्यक्तित्वको चयन गरेको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले र स्वागत भाषण सञ्चालक सदस्य हरिगोपाल प्रधानले गर्नुभएको थियो । सम्मानित व्यक्तित्वको चयन प्रक्रियाका विषयमा डा. रजनी शाक्यले र सार्वजनिक गरिएका कृतिहरूका बारेमा दण्डपाणि अधिकारीले बोल्नुभएको थियो भने सम्मानित व्यक्तहरूले संस्थालाई आशीर्वचन प्रदान गर्नुभएको थियो र डा. हेमराज काफ्लेले कृतिकारहरूका तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०७५ जेठमा सम्मानित हुनेहरू

0

सावित्री जङ्गम थापा
भक्तपुरमा २००१ सालमा जन्मिएर स्नातकोत्तर तहसम्मको शिक्षा पूरा गरी पाँच दशकभन्दा बढी समय सामाजिक क्षेत्रमा योगदान गर्नुभएकी सावित्री जङ्गम थापा लेखन क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । २१ वर्ष नपुग्दै स्नातकोत्तर पूरा गरेकाले सानो उमेरमा विद्यावारिधि गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबाट अनुमति नपाएपछि पढाइ रोकेर नेपाल रेडक्रस सोसाइटीमा संलग्न हुनुभएकी उहाँले १२ वर्षसम्म नेपालस्थित तिब्बती शरणार्थीहरूको इन्चार्जका रूपमा काम गर्नुभयो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, समाज कल्याण परिषद्, विभिन्न वृद्धाश्रमहरू, महिला तथा विकास केन्द्र तथा महिला सुरक्षा दबाब समूह उहाँकै सक्रियतामा खुलेका हुन् । उहाँ ‘साझा’ नामक संस्थाको सदस्य सचिव र महाप्रबन्धक हुनुभएको थियो । उहाँ नेपालको प्रथम महिला महाप्रबन्धक हुनुहुन्छ ।

नरेन्द्रबहादुर श्रेष्ठ
काठमाडौँको यटखामा २००४ साल असोज ९ गते जन्मिनुभएका र ५ दशकभन्दा बढी समयसम्म चित्रकला, साहित्य र व्यापार–व्यवसायमा आबद्ध हुनुभएका नरेन्द्रबहादुर श्रेष्ठ नेपालका एक मात्र जराकलाकार हुनुहुन्छ । विद्यालयमा अध्ययन गर्दागर्दै २०१८ सालमा ‘झर्ना’ कविता छपाएर आफ्नो सिर्जनात्मक क्षमता देखाउन थाल्नुभएका उहाँले रूखका जराबाट कलाकृति सिर्जना गरेर नेपालमा जराकलाको बीजारोपण गर्नुभएको छ । उहाँद्वारा निर्मित जराकलाकृतिहरूको प्रदर्शनी पनि भइसकेको छ र त्यसका बारेमा विभिन्न पत्रिकाहरूमा लेखिएको पनि छ । उहाँका जराकलाकृति हेरेर विभिन्न कवि–कवयित्रीहरूले कविता लेखेका छन् । १५० भन्दा बढी सङ्ख्याका पुस्तकमा आवरण चित्र बनाउनुभएका उहाँले विभिन्न पुस्तक–पत्रिकाहरूको लेखन, सम्पादन तथा अनुवाद गर्नुभएको छ ।

द्रोणप्रसाद श्रेष्ठ
भोजपुरको देउराली मुन्डाघरमा लक्ष्मीदेवी श्रेष्ठ र चण्डिप्रसाद श्रेष्ठका जेठा छोराका रूपमा १९९६ साल मङ्सिरमा जन्मनुभएका र तीन दशकभन्दा बढी सरकारी सेवामा संलग्न हुनुभएका द्रोणप्रसाद श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोतर, कानुनमा स्नातक र डेभलपमेन्ट प्लानिङमा प्रोस्टग्राजुएट डिप्लोमा गर्नुभएको छ । उहाँका प्रकाशित कृतिहरू ‘नेपालमा निजामती प्रशासन ः एक परिचय’ (संयुक्त रूपमा), ‘मेरो सम्झनामा चन्द्रलाल श्रेष्ठ’, ‘मेरा पिता र म’, ‘चण्डिप्रसाद परिक्रमा’ (सम्पादन), ‘रचनापछिका विवेचना’ (सम्पादन) र ‘केही दृष्टि केही दृष्टिकोण’ (निबन्धसङ्ग्रह) हुन् । ‘नेपालभूमि’ लगायतका विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित गराउनुभएका उहाँले आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरी ‘शब्दयात्रा महिला प्रतिभा सम्मान’ को आर्थिक व्यवस्थापन गर्नुभएको छ ।

नरेन्द्रकुमार अधिकारी
नरेन्द्रकुमार अधिकारी हाल कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उहाँ झापा जिल्लाको विर्तामोडमा बसोवास गर्नुहुन्छ । झापा जिल्लामा दर्ता भएको कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानले उहाँकै सक्रियतामा छोटो अवधिमा नै साढे ५ दर्जन जिल्लाहरूमा शाखा विस्तार गरिसकेको छ र उक्त संस्थामा हजारौँ सङ्ख्यामा कश्यपगोत्रीय अधिकारीहरू सङ्गठित भएका छन् । । नेपालभरि छरिएर रहेका कश्यपगोत्रीय अधिकारी बन्धुहरूको विवरण सङ्गलन गर्न उहाँले आफ्नै खर्चमा नेपालको भ्रमण गर्नुभएको थियो । उहाँले मेचीदेखि महाकालीसम्म भ्रमण गरेर १ हजारभन्दा बढी पृष्ठको कश्यपगोत्रीय अधिकारी वंशावली तयार पार्नुभएको छ । उहाँकै सङ्कलन तथा सम्पादनमा अधिकारी वंशावली प्रकाशित भएको हो ।

सुभाष स्मृति प्रतिष्ठान
युवा राष्ट्रसेवक सुभाष खड्काको स्मृति र सम्मानमा काठमाडौँमा स्थापना भई काभ्रेपलाञ्चोक जिल्लालाई कार्यक्षेत्र बनाएको सुभाष स्मृति प्रतिष्ठानले अध्यक्ष चन्द्रबहादुर खड्काको नेतृत्वमा शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना जस्ता क्षेत्रमा काम गर्दै आएको छ । समाजमा उत्कृष्ट योगदान गर्ने विकासप्रेमी व्यक्ति तथा संस्थालाई सम्मान गर्ने, पुस्तक–पत्रिका प्रकाशन गर्ने, हरेक वर्ष विपन्न तर जेहेन्दार १०–१० जना विद्यार्थीलाई छात्रवृत्ति दिने, विशेष स्वास्थ्यशिविर सञ्चालन गर्ने, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक कृत्रिम हातखुट्टा वितरण गर्ने, विकट बस्तीका लागि स्ट्रेचर बाँड्ने, सीपमूलक तालिम दिने आदिलगायतका समाजोपयोगी काम गरिरहेको यस प्रतिष्ठानले नेपालका मौलिक लोकसंस्कृतिका बालन नृत्य, खैँजडी भजन आदिको संरक्षणमा पनि काम गरिरहेको छ ।

रामप्रसाद अधिकारी
काभ्रेपलाञ्चोक जिल्लाको मङ्गलटार छापमा २००७ साल असोज १० गते जन्मिनुभएका र चार दशकभन्दा बढी समयसम्म सरकारी–सामुदायिक विद्यालयहरूमा शिक्षण सेवा गर्नुभएका रामप्रसाद अधिकारीले नेपालको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको छ । अध्ययन गर्दागर्दै १७ वर्षको उमेरमा शिक्षकमा नियुक्ति पाउनुभएका रामप्रसाद अधिकारीले विभिन्न विद्यालयको भौतिक संरचना निर्माण गर्न र विद्यार्थीहरूको शैक्षिक गुणस्तर उकास्नका लागि पनि ठूलो योगदान गर्नुभएको छ । शिक्षकहरूको हकहितका लागि सधैँ सङ्घर्षरत उहाँले ६० वर्षे उमेरको हदबाट सेवानिवृत्त भइसकेपछि पनि २०६७ सालयता काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, धुलिखेल क्याम्पसका सल्लाहकार एवं नैमिषारण्य संस्कृत गुरुकुलम्का अध्यक्ष रहेरसमेत शिक्षासेवा गरिरहनुभएको छ ।

२०७५ जेठमा सम्मानित हुन लाग्नुभएकोमा हार्दिक बधाई

0

नेपालको पहिलो महिला महाप्रबन्धक श्रीमती सावित्री जङ्गम थापा
(उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट सम्मानित)
नेपालका एक मात्र जराकलाकार श्री नरेन्द्रबहादुर श्रेष्ठ
(कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मानबाट सम्मानित)
‘केही दृष्टि केही दृष्टिकोण’ कृतिका कृतिकार श्री द्रोणप्रसाद श्रेष्ठ
(कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मानबाट सम्मानित)
अधिकारी वंशावलीका सङ्कलक तथा सम्पादक श्री नरेन्द्रकुमार अधिकारी
(गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट सम्मानित)
सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट श्री चन्द्रबहादुर खड्का
(आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट सम्मानित)
शिक्षासेवी रामप्रसाद अधिकारी
(निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मानबाट सम्मानित)

शब्दयात्रा प्रकाशन

हार्दिक बधाई

0

कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानको छैटौँ महाधिवेशनबाट सर्वसम्मत रूपमा केन्द्रीय कोषाध्यक्ष पद सम्हाल्ने अवसर पाउनुभएकोमा निमेष अधिकारीप्रति हार्दिक बधाई ज्ञापन गर्दछौं ।

गीता मञ्जुश्री ÷ हरि मञ्जुश्री
अक्षरधाम, बनेपा, काभ्रे

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनका शुभचिन्तक सहकर्मी श्रीओम श्रेष्ठ रोदन डम्बरकुमारी गणेश आख्यान पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा कलाकार समाजका सल्लाहकार अग्रज लोकगायक मच्छेश्वर सापकोटा दीर्घ कलाकारिता सम्मानबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा समालोचना सम्मानबाट सम्मानित समालोचक प्रा. डा. केशवप्रसाद उपाध्यायलाई भाषा तथा साहित्य विधाको राष्ट्रिय प्रतिभा पुरस्कार र नेपालभूमि साप्ताहिकका स्तम्भकार उद्धवप्रसाद भट्टराईलाई संस्कृति विधाको प्रादेशिक प्रतिभा पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिने भएकाले दुवै स्रष्टाप्रति हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन

२०७५ जेठको कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथि

0

प्रमुख अतिथि कान्ता भट्टराई
नाम ः कान्ता भट्टराई
स्थायी ठेगाना ः लामिडाँडा – ८, खोटाङ
बसोवास ः काठमाडौं महानगरपालिका – ३२, अनामनगर, काठमाडौं
पद ः पूर्वराज्यमन्त्री महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय
योग्यता ः साहित्याचार्य (२०४८ महेन्द्र संस्कृत विश्वविद्यालय), एमए (२०४७ त्रिभुवन विश्वविद्यालय), एमएड (२०६२ त्रिभुवन विश्वविद्यालय), विद्यावारिधि कार्यमा संलग्न
अनुभव ः २०४८ देखि २०७० सालसम्म माध्यमिक शिक्षक, २०४८ देखि २०७० सालसम्म पद्मकन्या क्याम्पस बागबजार तथा आदर्श बहुमुखी क्याम्पस सानोठिमीमा प्राध्यापन
पदक–पुरस्कार ः ऐश्वर्य विद्यापदक (प्रमाणपत्र तहमा), ऐश्वर्य विद्यापदक (स्नातक तहमा), वीरेन्द्र ऐश्वर्य छात्रवृत्ति (स्नातकोत्तर तहमा)
लेख–रचना ः कक्षा ६ को अनिवार्य संस्कृत पाठ्यपुस्तक लेखेको, पाठ्यपुस्तकसम्बन्धी तथा धर्म, संस्कृति, साहित्यसम्बन्धी अनुसन्धानात्मक विविध लेखरचनाहरू प्रकाशित

विशेष अतिथि भरत जङ्गम
भरत जङ्गम भ्रष्टाचारविरोधी आन्दोलनका अभियन्ता हुन्छ । उहाँ भ्रष्टविरोधी शास्त्रका प्रणेता हुनुहुन्छ । उहाँले प्रतिपादन गर्नुभएको भ्रष्टविरोधी शास्त्रलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गरिसकेको छ भने स्वदेश तथा विदेशका अन्य विश्वविद्यालयहरूले पनि पाठ्यक्रममा समावेश गर्नेतर्फ गृहकार्य सुरु गरिसकेका छन् । उहाँले भ्रष्टाचारविरोधी अभियानअन्तर्गत ‘कालो सूर्य’ लगायतका विभिन्न पुस्तकहरू लेख्नुभएको छ भने ‘नेपाली आवाज’ नामक साप्ताहिक पत्रिकाको प्रकाशन गर्नुभएको छ ।

कार्यक्रममा सार्वजनिक हुने कृतिका कृतिकारहरू

‘कर्मयोद्धासँग शब्दसंवाद’ का कृतिकार पदमनाथ ढुङ्गाना
जन्म ः २२ चैत २०२४, मादी नगरपालिका, सङ्खुवासभा
मातापिता ः चन्द्रकुमारी र चन्द्रप्रसाद ढुङ्गाना
शिक्षा ः स्नातक (कानुन)
बसोवास ः बनेपा — ६, काभ्रेपलाञ्चोक
आबद्धता ः शब्दयात्रा प्रकाशन, नैमिषारण्य संस्कृत गुरुकुलम्, गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति
प्रकाशन ः शब्दयात्रा प्रकाशनको छ वर्ष (सहसम्पादन) र फुटकर रचनाहरू
सम्मान ः केही संस्थाहरूबाट
सम्पर्कसूत्र ः ९८४११०७३१० (घुम्ती)

‘कर्मयोद्धासँग शब्दसंवाद’ का सम्पादक गीता मञ्जुश्री
जन्म ः १ पुस २०२४, पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक
मातापिता ः पोषकुमारी र हरिप्रसाद तिवारी
शिक्षा ः प्रमाणपत्र (वाणिज्य)
बसोवास ः बनेपा — ७, काभ्रेपलाञ्चोक
आबद्धता ः शब्दयात्रा प्रकाशन, रानीपानी ग्रामसेवा केन्द्र
प्रकाशन ः एक पुस्तकको लेखन, एक पुस्तकको अनुवाद, एक पुस्तकको सम्पादन र एक पुस्तकको सङ्कलन
सम्मान ः केही संस्थाहरूबाट
सम्पर्कसूत्र ः ०११६६२९६२ (निवास)

‘कर्मयोद्धासँग शब्दसंवाद’ का सम्पादक दामोदर घिमिरे
जन्म ः १७ वैशाख २०२९, जलेश्वरी, खोटाङ
मातापिता ः दुर्गादेवी र मेदिनीप्रसाद घिमिरे
शिक्षा ः स्नातकोत्तर (समाजशास्त्र)
बसोवास ः धुलिखेल — ४, काभ्रेपलाञ्चोक
आबद्धता ः शब्दयात्रा प्रकाशन, काठमाडौँ विश्वविद्यालय
प्रकाशन ः फुटकर रचनाहरू प्रशस्त
पुरस्कार ः राष्ट्रिय शिक्षा पुरस्कार, २०६६
सम्पर्कसूत्र ः ९७५१००९२४२

‘परेली’ का कृतिकार सरस्वती शर्मा सुवेदी
जन्म ः सराङ्दी, शङ्करपोखरी — ९, पर्वत
मातापिता ः धर्मदेवी र तुलसीराम शर्मा भुषाल
शिक्षा ः स्नातक
बसोवास ः बनेपा, काभ्रे
आबद्धता ः विभिन्न संस्थाहरू
प्रकाशन ः पानी मनकी रानी, परेली, ‘नेपालभूमि’ लगायतका पत्रिकामा फुटकर रचना
पेसा ः शिक्षण
सम्पर्कसूत्र ः ९८४१६५२२५६

‘अक्षरहरूको बिस्कुन’ का कृतिकार डा. हेमराज काफ्ले
जन्म ः २०२९, मोरङ
मातापिता ः यशोदा र कालिदास काफ्ले
शिक्षा ः विद्यावारिधि (अङ्ग्रेजी)
बसोवास ः धुलिखेल — ४, काभ्रेपलाञ्चोक
आबद्धता ः काठमाडौँ विश्वविद्यालय
प्रकाशन ः तीनवटा पुस्तक र ‘नेपालभूमि’ लगायतका पत्रिकाहरूमा फुटकर रचना
पुरस्कार ः राष्ट्रिय शिक्षा पुरस्कार र नेपाल विद्याभूषण क
सम्पर्कसूत्र ः ९८५११५०९९९

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनका मार्गदर्शक डा. सुरेशराज शर्मा ‘कुलचन्द्र कोइराला समाजसेवा सम्मान’ बाट र शब्दयात्रा कविता–काव्य सम्मानबाट सम्मानित आधुनिक आशुकवि रमेश खकुरेल ‘कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार’ बाट सम्मानित तथा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई !

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

0

यस संस्थाका सञ्चालक सदस्य तथा जग्गादाता कृष्णमणि कुइँकेल बनेपा नगर न्यायिक समितिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्र्दै उहाँको कार्यकाल सफलता रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

0

यस संस्थाका शुभेच्छुक प्रसिद्ध सहित्यकार तथा चलचित्र निर्देशक यादव खरेल लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए २ नेपालबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई !

शब्दयात्रा प्रकाशन परिवार

सम्मान कार्यक्रम जेठ ३१ गते

0

शब्दयात्रा प्रकाशनले आगामी जेठ ३१ गते सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम गर्ने भएको छ ।
उक्त कार्यक्रममा २०७५ सालमा समर्पण गरिने १८ वटा सम्मानहरूमध्ये ६ वटा सम्मान श्रीमती सावित्री जङ्गम थापा (ओखलढुङ्गा), नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ), सुभाष स्मृति प्रतिष्ठान (काठमाडौँ), द्रोणप्रसाद श्रेष्ठ (भोजपुर), नरेन्द्रकुमार अधिकारी (झापा) र रामप्रसाद अधिकारी (काभ्रेपलाञ्चोक) लाई समर्पण गरिनेछन् भने सरस्वती शर्मा सुवेदीद्वारा लिखित कथासङ्ग्रह ‘परेली’, पदमनाथ ढुङ्गानाद्वारा लिखित तथा गीता मञ्जुश्री र दामोदर घिमिरेद्वारा सम्पादित लेखसङ्ग्रह ‘कर्मयोद्धासँग शब्दसंवाद’ र डा. हेमराज काफ्लेद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ गरी ३ वटा पुस्तकलाई सार्वजनिक गरिनेछ ।
कार्यक्रम काभ्रेको बनेपा, नीलकण्ठेश्वरधाममा आवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुने भएको छ ।