Home Blog Page 118

भोजपुर प्रतिभा पुरस्कारका लागि सिफारिस आह्वान

0

भोजपुर जिल्लामा जन्मेर राष्ट्रसेवाको कुनै पनि क्षेत्रमा योगदान गरेको ६० वर्षभन्दा कम उमेरको व्यक्तिलाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ बाट यही भदौ महिनामा पुरस्कृत गरिने भएकाले उपयुक्त व्यक्तिको तस्बिरसहितको विवरण [email protected] मा पठाइदिन शब्दयात्रा प्रकाशनले भोजपुरे मित्रहरूसँग अनुरोध गरेको छ ।

शब्दयात्रा प्रकाशनबाट जङ्गमसम्बन्धी पुस्तक प्रकाशित

0

शब्दयात्रा प्रकाशनले ‘धार्मिक र सांस्कृतिक विकासमा जङ्गम जातिको भूमिका’ नामक पुस्तक प्रकाशन गरेको छ । अनुसन्धाता भरतमणि जङ्गमले लेख्नुभएको यो पुस्तक ६४ पृष्ठको छ । यसमा जङ्गम जातिले नेपालको धार्मिक र सांस्कृतिक विकासमा खेलेको भूमिकाका विषयमा चर्चा गर्दै पशुपतिनाथ, डोलेश्वर, सरस्वतीस्थान, अनन्तलिङ्गेश्वर, शिखरेश्वर, वागेश्वर, बानेश्वर, धनेश्वर, उग्रेश्वर र शब्दसाधक तीर्थ नीलकण्ठेश्वर क्षेत्रका लागि भरतमणि जङ्गमबाट गरिएका कार्यहरूका बारेमा जानकारी गराइएको छ ।

शब्दयात्रा प्रकाशनबाट भिँद्योसम्बन्धी पुस्तिका प्रकाशित

0

शब्दयात्रा प्रकाशनले भिँद्योसम्बन्धी पुस्तिका प्रकाशन गरेको छ । यस पुस्तिकामा नेवार जातिले देवताका रूपमा पूजा गर्ने गरेका भीमसेन अथवा भिँद्यो महाभारत कालका भीमसेन हुन् भन्ने भनाइको खण्डन गर्दै अनुसन्धाता भरतमणि जङ्गमले भिँद्यो भनेका भैरव र भद्रकालीका संयुक्त शक्तिरूप भीमभैरव हुन्, महाभारत कालका भीमसेन होइनन् भन्ने प्रमाण र तर्कहरू प्रस्तुत गर्नुभएको छ । त्यसैले पुस्तिकाको नाउँ ‘भिँद्यो महाभारतकालीन भीमसेन होइनन्’ भन्ने राखिएको छ । जम्मा ३२ पृष्ठको यो पुस्तिका पठनीय र सङ्ग्रहणीय रहेको छ ।

शब्दसञ्चारः साउन १९, २०७८

0
  1. Episode 61 – Shabda Sanchar 28:09

भजनसङ्ग्रह प्रकाशन गरिने

0

शब्दयात्रा प्रकाशनले कवि केदारनाथ तिमल्सिनाको सङ्कलन तथा सम्पादनमा भजनसङ्ग्रह प्रकाशन गर्ने भएको छ । त्यस सङ्ग्रहमा नेपाली र संस्कृत भाषाका भजनहरू रहनेछन् । केदारनाथ तिमल्सिनाले यसअघि पनि केही पुस्तकहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशन गराइसक्नुभएको छ । 

हरि मञ्जुश्रीको १ सय २९ औँ पुस्तक सार्वजनिक

0

सम्पादित १ सय २९ औँ पुस्तक ‘जीवनचन्द्र कोइराला ः व्यक्ति एक व्यक्तित्व अनेक’ ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । अग्रज लोकसंस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले उक्त पुस्तकलाई सार्वजनिक गर्नुभएको हो ।
उक्त पुस्तकमा ५२ जना लेखकहरूले ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाका विषयमा लेखेका लेख तथा संस्मरणहरू र अन्य केही सामग्रीहरू राखिएका छन् । जम्मा २ सय ५६ पृष्ठको उक्त पुस्तकको मूल्य ३ सय ५० रुपियाँ राखिएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट २०७७ सालमा सम्मानित हुनुभएका ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको निधन २०७८ साल वैशाख २९ गते भएको थियो ।

हरि मञ्जुश्री ‘बद्रीविक्रम स्मृति पुरस्कार’ बाट पुरस्कृत

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले २०७८ सालको बद्रीविक्रम स्मृति पुरस्कारबाट पुरस्कृत गरेको छ । उहाँलाई पुरस्कारस्वरूप ५१ हजार रुपियाँको चेकसहित ताम्रपत्र प्रदान गरिएको थियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रमुख अतिथिका रूपबाट उहाँलाई पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व अग्रज लोकसंस्कृतिविद् डा. सत्यमोहन जोशीले गर्नुभएको थियो । पुरस्कारको प्रमाणपत्रमा लेखिएको छ — “वि. सं. २०१६ साल असोज ५ गते दिङला भोजपुरमा माता युगला तथा पिता दुर्गाप्रसाद अधिकारीका सुपुत्रका रूपमा जन्मिई आफ्नो ६ पुस्तादेखिको पुस्तक लेखन परम्परालाई निरन्तरता दिँदै दिङलाको अधिकारी परिवारबाट आउनुभएका तपाईं वाङ्मय क्षेत्रका साधक हुनुहुन्छ । सादा जीवन एवम् सरल व्यक्तित्वका धनी तपाईंको जीवनकर्म वास्तवमै स्तुत्य र बोधगम्य रहेको छ ।
सयौँ पुस्तकहरूको लेखन तथा सम्पादन गर्नुभएका र काभ्रेको बनेपामा बसोवास गरी शब्दयात्रा प्रकाशनको संस्थापक अध्यक्ष बनेर त्यसैका माध्यमबाट संस्थागत रूपमा स्रष्टाहरूको सालिक स्थापना, पुस्तकालय स्थापना, सरस्वतीको मन्दिर निर्माण, विभिन्न सम्मान, पुरस्कार र छात्रवृत्ति प्रदान, साहित्यिक तथा साप्ताहिक पत्रिका र पुस्तक प्रकाशन, रेडियो कार्यक्रम सञ्चालन आदि विभिन्न सेवाका कर्महरू गर्दै पछिल्लो समयमा विद्युतीय माध्यमबाट नेपाली लेखक र साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्ने तपाईंको कार्य प्रशंसनीय र अनुकरणीय रहेको छ ।
सेवाका यिनै विभिन्न क्षेत्रहरूमा तपाईंले पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उज्ज्वल भविष्यको कामनासहित कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी ५१ हजार रुपियाँ राशीको बद्रीविक्रम स्मृति पुरस्कार २०७८ द्वारा अभिनन्दन गर्दछ ।”
यसरी पुरस्कृत हुनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार हरि मञ्जुश्रीलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

कविता वाचन सम्पन्न

0

गुरुपूर्णिमाको अवसर पारी गत ९ गते शनिबार शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र, छन्द कविता मञ्च र प्राञ्जल नेपालको संयुक्त आयोजनामा कविता वाचन कार्यक्रमको आयोजना गरियो । कवि जीवनाथ अधिकारीले जुमबाट सञ्चालन गर्नुभएको र फेसबुकबाट लाइभ गरिएको उक्त कार्यक्रममा हरि मञ्जुश्री, डिल्लीराम गौतम, जीवनाथ अधिकारी, सुनील सापकोटा, पदम दाहाल आदिले आ–आफ्ना कविताहरू वाचन गर्नुभएको थियो ।

शब्दसाधक तीर्थको अवलोकन

0

शब्दयात्रा प्रकाशनद्वारा बनेपामा निर्मित शब्दसाधक तीर्थको राष्ट्रिय समाजसेवी तथा नेपाल सरकारका विभिन्न आयोगहरूका मानार्थ प्रमुख सल्लाहकार माननीय प्रा. डा. जगदीश वैद्यले गत ९ गते शनिबार अवलोकन गर्नुभयो । उहाँका साथमा ललितपुर, काठमाडौँ र भक्तपुरबाट अन्य महानुभावहरू पनि आउनुभएको थियो । उहाँहरूलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र सदस्य रमेश अधिकारीले शब्दसाधक तीर्थमा स्वागत गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका सदस्य हरिगोपाल प्रधानले यस भ्रमणको व्यवस्थापन गर्नुभएको थियो । शब्दसाधक तीर्थको अवलोकन गर्ने क्रममा माननीय प्रा. डा. जगदीश वैद्यले शब्दयात्रा प्रकाशनका गतिविधिहरूबारे जिज्ञासा राख्नुभएको थियो ।

हरि मञ्जुश्री सम्मानित

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिबाट अभिवन्दना गरिएको छ । नेपालको राजनीतिक, सामाजिक, धार्मिक, आध्यात्मिक, साहित्यिक र शैक्षिक क्षेत्रको समुन्नयनका लागि शब्दसाधनाका माध्यमले तपाईंले पु¥याउनुभएको योगदान अतुलनीय छ भन्दै उहाँलाई समर्पण गरिएको अभिवन्दनापत्रमा शब्दका सारथिका रूपमा उहाँको उच्चतम योगदानको कदर गरिएको कुरा उल्लेख गरिएको छ ।
विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समिति बाँसबारी काठमाडौँका तर्फबाट हरि मञ्जुश्रीको निवासमै पुगी यही साउन ८ गते शनिबार उहाँलाई महासचिव अरुणकुमार पाण्डेले अभिवन्दनापत्र हस्तान्तरण गर्नुभएको थियो । त्यस बखत शारदाप्रसाद शर्मा, निर्मला श्रेष्ठ, सकुल थापा, अमृत अधिकारी आदिको पनि उपस्थिति रहेको थियो ।