शब्दयात्रा प्रकाशनद्वारा बनेपामा निर्मित शब्दसाधक तीर्थको राष्ट्रिय समाजसेवी तथा नेपाल सरकारका विभिन्न आयोगहरूका मानार्थ प्रमुख सल्लाहकार माननीय प्रा. डा. जगदीश वैद्यले गत ९ गते शनिबार अवलोकन गर्नुभयो । उहाँका साथमा ललितपुर, काठमाडौँ र भक्तपुरबाट अन्य महानुभावहरू पनि आउनुभएको थियो । उहाँहरूलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र सदस्य रमेश अधिकारीले शब्दसाधक तीर्थमा स्वागत गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका सदस्य हरिगोपाल प्रधानले यस भ्रमणको व्यवस्थापन गर्नुभएको थियो । शब्दसाधक तीर्थको अवलोकन गर्ने क्रममा माननीय प्रा. डा. जगदीश वैद्यले शब्दयात्रा प्रकाशनका गतिविधिहरूबारे जिज्ञासा राख्नुभएको थियो ।