शब्दयात्रा प्रकाशनले भिँद्योसम्बन्धी पुस्तिका प्रकाशन गरेको छ । यस पुस्तिकामा नेवार जातिले देवताका रूपमा पूजा गर्ने गरेका भीमसेन अथवा भिँद्यो महाभारत कालका भीमसेन हुन् भन्ने भनाइको खण्डन गर्दै अनुसन्धाता भरतमणि जङ्गमले भिँद्यो भनेका भैरव र भद्रकालीका संयुक्त शक्तिरूप भीमभैरव हुन्, महाभारत कालका भीमसेन होइनन् भन्ने प्रमाण र तर्कहरू प्रस्तुत गर्नुभएको छ । त्यसैले पुस्तिकाको नाउँ ‘भिँद्यो महाभारतकालीन भीमसेन होइनन्’ भन्ने राखिएको छ । जम्मा ३२ पृष्ठको यो पुस्तिका पठनीय र सङ्ग्रहणीय रहेको छ ।