Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७६. काग–कोइली

पचास वर्षभन्दा बढी समय पत्रकारिता गरेपछि साहित्यिक यात्रामा लाग्नुभएका बलदेव थापा धमाधम साहित्यिक कृति तयार पार्दै हुनुहुन्छ । प्रस्तुत महाकाव्य ‘काग–कोइली’ उहाँको चौथो पुस्तक...
HomeActivitiesपुरस्कार समर्पण समारोह सम्पन्न

पुरस्कार समर्पण समारोह सम्पन्न

यही २०७८ साल असोज ९ गते शनिबार शब्दयात्रा प्रकाशनले दुईजना विशिष्ट व्यक्तित्वलाई पुरस्कार समर्पण गर्न पायो । कवि तथा पूर्वप्रशासक कृष्ण जोशीद्वारा व्यवस्थापित ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ प्रा. डा. गोविन्दमानसिंह कार्कीलाई एवं पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठद्वारा व्यवस्थापित ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ डा. इन्दुल केसीलाई समर्पण गरियो । पुरस्कारमा अभिवन्दनापत्र, नगद, उपहार तथा शब्दयात्रा पट्ट समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सङ्गीतशिल्पी तथा साहित्यकार गणेश रसिक तथा अतिथि पुरस्कारका व्यवस्थापक कवि कृष्ण जोशी र साहित्यकार पवन आलोक हुनुहुन्थ्यो । सम्मान गर्दा उपहार शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगोपाल प्रधानले, शब्दयात्रा पट्ट सभापति हरि मञ्जुश्रीले, रकम व्यवस्थापक कृष्ण जोशीले र अभिवन्दनापत्र प्रमुख अतिथि गणेश रसिकले समर्पण गर्नुभएको थियो । साहित्यकार पवन आलोकले पुरस्कृत व्यक्तित्वको चिनारी गराउनुभएको थियो भने कवि कृष्ण जोशीले कार्यक्रमको समीक्षा गर्दै सभाविसर्जन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा पुरस्कारको अभिवन्दनापत्र वाचन शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले र स्वागत भाषण महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो भने रुद्राक्षको माला शब्दयात्रा प्रकाशनका आजीवन सदस्य नवीना श्रेष्ठले अर्पण गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका तर्फबाट प्रमुख अतिथि गणेश रसिक र अतिथि वक्ता पवन आलोकलाई शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य सकुल थापाले उपहार समर्पण गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष हरि मञ्जुश्रीको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । उक्त कार्यक्रम शब्दयात्रा प्रकाशनको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।