शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको कार्यालय घटस्थापनाको अवसर पारी बनेपामा समुद्घाटन गरिएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले कार्यालयको समुद्घाटन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीको सभापतित्वमा आयोजित समुदघाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको थियो भने विश्व हिन्दू महासङ्घ काभ्रे शाखाका अध्यक्ष हरिचन्द्र अधिकारी र शिक्षासेवी नवराज तिमल्सिनाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा डा. सुदन कर्माचार्य, शकुन्तला बन्जारा, सहदीप पलान्चोके, सुरेश श्रेष्ठ, उर्मिला तिमल्सिना, सानुभाइ महत आदिको समुपस्थिति रहेको थियो । काभ्रेपलान्चोक सम्पर्क केन्द्रमा संयोजक साधुराम गिरी तथा सदस्यहरू गीता अधिकारी, दामोदर घिमिरे, सहदीप पलान्चोके र दीपक तिमल्सिना रहनुभएको छ । शब्दयात्रा प्रकाशनको यो दोस्रो सम्पर्क केन्द्र हो । पहिलो सम्पर्क केन्द्रका रूपमा भक्तपुर सम्पर्क केन्द्र यसअघि नै गठन भएको छ र त्यस केन्द्रले पाक्षिक रूपमा नवकविता वाचन कार्यक्रम गर्दैै आएको छ ।