Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७६. काग–कोइली

पचास वर्षभन्दा बढी समय पत्रकारिता गरेपछि साहित्यिक यात्रामा लाग्नुभएका बलदेव थापा धमाधम साहित्यिक कृति तयार पार्दै हुनुहुन्छ । प्रस्तुत महाकाव्य ‘काग–कोइली’ उहाँको चौथो पुस्तक...
HomeActivitiesदुई पुस्तक सार्वजनिक

दुई पुस्तक सार्वजनिक

बडादसैँ २०७८ को अवसर पारी शब्दयात्रा प्रकाशनले यही २०७८ साल असोज १९ गते शुभकामना आदानप्रदान तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना ग¥यो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तकलाई सार्वजनिक गरियो । ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय १६ औँ शृङ्खलाका रूपमा आयोजित उक्त कार्यक्रममा कालिकोटका नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ द्वारा लिखित लघुकाव्य ‘कुमारी सिन्दुर’ लाई शिक्षासेवी रामप्रसाद अधिकारीले र काभ्रेपलान्चोकका हर्षनारायण कर्माचार्यको लेखसङ्ग्रह ‘संस्मरण र आत्मवृत्तान्त’ लाई लेखक डा. इन्दुल केसीले सार्वजनिक गर्नुभयो । शब्दसारथि हरि मञ्जुश्री सभापति, गीतिभास्कर मच्छेश्वर सापकोटा अतिथि, कवि पदम दाहाल सञ्चालक र लेखक प्रकाशबहादुर कायस्थ पुस्तकका टिप्पणीकार रहनुभएको उक्त कार्यक्रममा शिक्षासेवी माधवप्रसाद आचार्यले कार्यक्रमको उद्घाटन, लेखक साधुराम गिरीले स्वागत मन्तव्य, कवि शारदाप्रसाद शर्माले नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ को र लेखिका निर्मला श्रेष्ठले हर्षनारायण कर्माचार्यको परिचयात्मक जानकारी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अमृत अधिकारी र सहदीप पलान्चोकेले रुद्राक्षको माला र कवयित्री पुण्यवती घलेले उपहार समर्पण गर्नुभएको थियो भने सङ्गीता केसी र दीपक तिमल्सिनाले सामग्रीको व्यवस्थापन गर्नुभएको थियो । प्रकृति प्याकुरेलले फेसबुक लाइभ गराउनुभएको उक्त कार्यक्रममा शिक्षासेवी चूडाप्रसाद चौलागाई, लेखक शिव गौतम, पत्रकार प्रदीप केसी, कवि केदारनाथ तिमल्सिना, शकुन्तला बन्जारा, रामचन्द्र थापा, दीपकराम भण्डारी, पुरुषोत्तम हुमागाई आदिको उपस्थिति थियो । यी दुई पुस्तकसहित शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकको सङ्ख्या १ सय ५८ पुगेको छ ।