बडादसैँ २०७८ को अवसर पारी शब्दयात्रा प्रकाशनले यही २०७८ साल असोज १९ गते शुभकामना आदानप्रदान तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना ग¥यो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तकलाई सार्वजनिक गरियो । ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय १६ औँ शृङ्खलाका रूपमा आयोजित उक्त कार्यक्रममा कालिकोटका नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ द्वारा लिखित लघुकाव्य ‘कुमारी सिन्दुर’ लाई शिक्षासेवी रामप्रसाद अधिकारीले र काभ्रेपलान्चोकका हर्षनारायण कर्माचार्यको लेखसङ्ग्रह ‘संस्मरण र आत्मवृत्तान्त’ लाई लेखक डा. इन्दुल केसीले सार्वजनिक गर्नुभयो । शब्दसारथि हरि मञ्जुश्री सभापति, गीतिभास्कर मच्छेश्वर सापकोटा अतिथि, कवि पदम दाहाल सञ्चालक र लेखक प्रकाशबहादुर कायस्थ पुस्तकका टिप्पणीकार रहनुभएको उक्त कार्यक्रममा शिक्षासेवी माधवप्रसाद आचार्यले कार्यक्रमको उद्घाटन, लेखक साधुराम गिरीले स्वागत मन्तव्य, कवि शारदाप्रसाद शर्माले नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ को र लेखिका निर्मला श्रेष्ठले हर्षनारायण कर्माचार्यको परिचयात्मक जानकारी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अमृत अधिकारी र सहदीप पलान्चोकेले रुद्राक्षको माला र कवयित्री पुण्यवती घलेले उपहार समर्पण गर्नुभएको थियो भने सङ्गीता केसी र दीपक तिमल्सिनाले सामग्रीको व्यवस्थापन गर्नुभएको थियो । प्रकृति प्याकुरेलले फेसबुक लाइभ गराउनुभएको उक्त कार्यक्रममा शिक्षासेवी चूडाप्रसाद चौलागाई, लेखक शिव गौतम, पत्रकार प्रदीप केसी, कवि केदारनाथ तिमल्सिना, शकुन्तला बन्जारा, रामचन्द्र थापा, दीपकराम भण्डारी, पुरुषोत्तम हुमागाई आदिको उपस्थिति थियो । यी दुई पुस्तकसहित शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकको सङ्ख्या १ सय ५८ पुगेको छ ।