माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधकका सालिकहरू, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा प्रकाशनको कार्यालय आदिको अवलोकन गर्नुभएको छ । उहाँका साथमा शब्दसाधक तीर्थको अवलोकन गर्नेहरूमा राष्ट्रका सम्मानित व्यक्तित्वहरू साहित्यकार ज्ञान उदास, समालोचक प्रा. डा. कृष्णप्रसाद दाहाल, कवि लोकमान मास्के, अन्वेषक लालबहादुर भुजेल आदि पनि हुनुहुन्थ्यो ।