शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान समर्पण समारोहमा सम्मान समर्पण गर्नका लागि विभिन्न नौ विधाका राष्ट्रिय व्यक्तित्वहरूको नाउँ चयन गर्न आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराईको संयोजकत्वमा ऋषि निर्दोष र रामकृष्ण तिमिल्सिना सदस्य रहेको तीन सदस्यीय चयन समिति गठन गरेको छ ।