सम्झौता सम्पन्न
शब्दयात्रा प्रकाशनद्वारा विपत्तिपीडित लेखक, पत्रकार र कलाकारहरूलाई आर्थिक सहयोग गर्न संस्थापित अक्षरसेवी सहयोग कोषको अक्षयकोषका लागि धुलिखेलनिवासी समाजसेवी डा. केशवबहादुर खुलाल छेत्रीले पिता टीकाबहादुर खुलाल छेत्री र माता रमाकुमारी खुलाल छेत्रीको स्मृति र सम्मानमा २ लाख ७ हजार ७ सय ७७ रुपियाँ उपलब्ध गराउनुभएको थियो…
आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण
हालसालै मात्र शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएका कवि अच्युत अधिकारीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनमा आयोजित कार्यक्रममा उहाँलाई भाषासेवी प्रा. डा. नन्दीश अधिकारीले आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । पहिले नै आजीवन सदस्य बनेर पनि कार्यक्रममा उपस्थित नभएका…
वीणा पौड्याल सम्मानित, इस्माली पुरस्कृत
शब्दयात्रा प्रकाशनले हिजो २०८० साल भदौ २ गते शनिबार एकजनालाई सम्मान र एकजनालाई पुरस्कार समर्पण गरेको छ । शिक्षार्थीहरूलाई आफ्नो विषयमा शिक्षा दिने क्रममा आत्मानुशासन, नैतिक चरित्र, कर्तव्यबोध, सामाजिक मर्यादा, मानवीय भावना र आध्यात्मिक चेतनाको पनि शिक्षा दिनुका साथै ती विषयमा शिक्षार्थीहरू थप सबल बनून्…
कर्मयोगी बद्रीविक्रम थापा विषयक कवितागोष्ठी सम्पन्न
शब्दयात्रा प्रकाशनले कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको सहयोगमा ‘कर्मयोगी बद्रीविक्रम थापा’ विषयक कवितागोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा सकुल थापा, केशव रूपाखेती, रश्मि हुमागाई, चन्द्रबहादुर खड्का, सहदीप पलान्चोके, लक्ष्मी बडाल, प्रकाश उज्ज्वल बनेपा, ढुण्डिराज पोखरेल, कालिका त्रिपाठी पन्त, जयनारायण नेपाल, गोविन्दबहादुर खड्का, केदारनाथ तिमल्सिना, शारदा…
शब्दयात्रा प्रकाशनको कार्यक्रम सम्पन्न
शब्दयात्रा प्रकाशनको आयोजनामा आज २०८० साल भदौ २ गते शनिबार सम्मान तथा पुरस्कार समर्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न गरियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य तथा प्रा. डा. नन्दीश अधिकारी…
असोजमा सात सम्मान
शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा ७ विधाका सम्मान समर्पण गर्नुपर्नेछ — १. आध्यात्मिक पत्रकारिता सम्मान, २. आध्यात्मिक संस्था सम्मान, ३. साहित्यिक पत्रिका सम्मान, ४. स्तम्भकार सम्मान, ५. फोटो पत्रकारिता सम्मान, ६. महिला प्रतिभा सम्मान, ७. आयुर्वेद सम्मान ।
‘द ब्ल्याक सन’ शब्दयात्रा प्रकाशनबाट
आख्यानकार भरत जङ्गमद्वारा लिखित पहिलो उपन्यास ‘कालो सूर्य’ लाई सरोजकुमार शाक्यले अङ्ग्रेजी भाषामा गर्नुभएको अनुवाद ‘द ब्ल्याक सन’ को दोस्रो संस्करण शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशन हुने भएको छ ।
‘कालो सूर्य’ अब शब्दयात्रा प्रकाशनबाट
आख्यानकार भरत जङ्गमद्वारा लिखित पहिलो उपन्यास ‘कालो सूर्य’ को नेपाली भाषाको पाँचौँ पटकको पुनर्मुद्रण शब्दयात्रा प्रकाशनबाट हुने भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार बीपी कोइरालाले तत्कालीन समाजको जीवन्त अभिलेखका रूपमा चित्रण गरिदिएपछि भरत जङ्गमको ‘कालो सूर्य’ उपन्यासको चर्चा एकाएक चुलिएको थियो । २०३६ सालमा इन्दु…
इस्मालीलाई महोत्तरी प्रतिभा पुरस्कार समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ कथाकार इस्माली (महेश्वरप्रसाद उपाध्याय पौडेल) मा समर्पण गर्ने भएको छ । गीतिभास्कर मच्छेश्वर सापकोटाको संयोजकत्वमा गठित ‘पुरस्करणीय व्यक्तित्व चयन समिति’ ले उहाँलाई उक्त पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । महोत्तरी जिल्लाको औरहीमा २०१२ साल…
अनुसन्धान कक्ष सञ्चालन उपसमिति पाँचजनाको
अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाको उपस्थितिमा बसेको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति’ को बैठकले शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय कालिका त्रिपाठी पन्त र शारदा घिमिरे भैललाई सदस्य मनोनयन गरेको छ । उपसमितिका संयोजक भावना थापाको अध्यक्षतामा बसेको बैठकले उहाँहरूलाई सदस्यमा मनोनयन…