Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesअभिलेखको अनावरण

अभिलेखको अनावरण

शब्दयात्रा प्रकाशन १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा हिजो जेठ १५ गते आयोजित विशेष कार्यक्रममा समाजसेवी कृष्णमणि कुइकेलले शब्दयात्रा प्रकाशनलाई दीर्घजीवन दिन आफ्नो स्वामित्वको जग्गाको भोगाधिकार हस्तान्तरण गर्नुभएको विवरण उल्लेख भएको शिलाभिलेखलाई अनावरण गरियो । संस्कृत भाषामा लिखित १८ पुराणका नेपाली अनुवादक डा. बद्री पोखरेल प्रमुख अतिथि र गीतिभास्कर मच्छेश्वर सापकोटा विशेष अतिथिले संयुक्त रूपमा उक्त शिलाभिलेखको अनावरण गर्नुभएको थियो । शिलाभिलेखको बेहोरा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य प्रजापति तिमिल्सिनाले वाचन गर्नुभएको थियो । संस्थापक अध्यक्ष हरि मञ्जुश्री कार्यक्रमका सञ्चालक र जग्गादाता कृष्णमणि कुइकेलकी आमा धनकुमारी कुइकेल सभापति हुनुहुन्थ्यो ।