Activities, Featured

शब्दयात्रा प्रकाशनद्वारा पहिलोपटक जीवित समाजसेवीको प्रतिमा स्थापना 

समुन्नत धुलिखेलका स्वप्नद्रष्टा तथा कार्यान्वयनका लागि जनपरिचालक बेलप्रसाद श्रेष्ठको ७७ औँ जन्मदिवस गत २०७३ साल असार १७ गते शुक्रबार शब्दयात्रा प्रकाशनबाट सार्वजनिक समारोहको आयोजना गरी मनाइयो । धुलिखेलमा अवस्थित होटल हिमालयन होराइजनको सभाकक्षमा विशेष समारोहको आयोजना गरी मनाइएको सो समारोहमा शब्दयात्रा प्रकाशनका सहयात्री संस्थाहरूका रूपमा…

Activities

सिफारिस पठाउन आग्रह 

शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा सम्मान गर्ने विभिन्न चार विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी आगामी साउन १५ गतेभित्र पठाउन सबैमा अनुरोध गरेको छ । भदौ महिनामा गरिने सम्मानहरू योगेन्द्र खत्रीद्वारा व्यवस्थापित साहित्यिक पत्रिका सम्मान, हरिगोपाल प्रधानद्वारा व्यवस्थापित फोटो पत्रकारिता सम्मान,…

Activities, Featured

मुकुन्दप्रसाद उपाध्याय सम्मानित 

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ मा नियमित रूपमा प्रकाशा भइरहेको ‘प्रलेखनभूमि’ स्तम्भका स्तम्भकार तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्यायलाई अन्तर्राष्ट्रिय योगदिवसको अवसर पारी आयोजित पञ्चदिवसीय योगमहोत्सवमा सम्मान गरियो । उहाँका साथमा राष्ट्रविकासमा योगदान पु¥याउने अन्य विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।…

Activities

शब्दयात्राको प्रबन्धक शर्मा 

शब्दयात्रा प्रकाशनले कवि शारदाप्रसाद शर्मालाई प्रबन्धक बनाएर उहाँलाई शब्दयात्रा प्रकाशनको प्रशासनिक गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । उहाँको जिम्मेवारी शब्दयात्रा समाजहरूसँग पनि सम्बन्धित रहने भएको छ । शारदाप्रसाद शर्माले साहित्य, प्राध्यापन, प्रशासन र लेखापरीक्षण विधामा लामो समय बिताउनुभएको छ । शब्दयात्रा प्रकाशनअन्तर्गत नेपालभूमि साप्ताहिक…

Activities

शब्दयात्रा नवीन कार्यक्रममा 

शब्दयात्रा प्रकाशनको अगुवाइमा आगामी असार १७ गते शुक्रबार धुलिखेलका समाजसेवी बेलप्रसाद श्रेष्ठको ७७ औँ जन्मदिवस सार्वजनिक रूपमा मनाइने भएको छ । कार्यक्रमका सहयात्री संस्थाहरूका रूपमा सुभाष स्मृति प्रतिष्ठान, सामाजिक जागरण मञ्च, पूर्वप्रहरी कर्मचारी परिषद् र प्रसन्न सुस्वास्थ्य परामर्श सेवा केन्द्र रहनेछन् । होटल हिमालयन होराइजनमा…

Activities

शब्दयात्राबाट ‘पानी मनकी रानी’ 

नयाँ कृतिकारहरूलाई उत्प्रेरित र प्रोत्साहित गर्ने क्रममा शब्दयात्रा प्रकाशनले अर्को एउटा कवितासङ्ग्रह प्रकाशन गर्ने भएको छ । काभ्रे जिल्लाबाट महिला कृतिकारहरू पर्याप्त मात्रामा प्रकाशनमा आउन नसकेको परिप्रेक्ष्यमा प्रकाशन हुन लागेको उक्त कवितासङ्ग्रहले काभ्रेली भूमिमा लुकेका महिला साहित्यिक प्रतिभाहरू वैचारिक र शैलीगत रूपमा कति सशक्त छन्…

Activities

शब्दयात्राबाट पर्रोहामा पुस्तक 

काभ्रे बनेपाको गोसाइँस्थानमा बसी समाधिस्थ हुनुभएका बाबा रमेश गिरीका विषयमा प्रकाशन गर्न लागिएको पुस्तकका लागि सामग्रीहरूको सङ्कलन गर्ने सिलसिलामा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री रूपन्देही जिल्लामा रहेको पर्रोहा परमेश्वर बोलबम धाममा पुग्नुभयो । त्यहाँ उहाँले शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित मुकुन्दप्रसाद उपाध्याय, ओतबहादुर खड्का, दामोदर अर्याल, यागेन्द्र…

Activities

शब्दयात्राबाट नेपालभूमि प्रदान 

शब्दयात्रा प्रकाशनले नेपाल पत्रकार महासङ्घ पाल्पालाई ‘नेपालभूमि साप्ताहिक’ का वार्षिक अङ्कहरू उपहारस्वरूप प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले पाल्पाको भ्रमणका क्रममा पाल्पाली पत्रकार कविराज नेपालमार्फत वार्षिक अङ्कहरू प्रदान गर्नुभएको थियो ।

Activities

पाल्पामा पुरोहितको अभाव 

पाल्पा जिल्लाको सदरमुकाम तानसेन र त्यसनजिकैका स्थानहरूमा पुरोहितहरूको अभाव रहेको गुनासो आएको छ । निजी कामका सिलसिलामा पाल्पा पुग्नुभएका शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले काभ्रेको बनेपामा स्थापित गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति र त्यस समितिद्वारा सञ्चालित नैमिषारण्य गुरुकुलम्का विषयमा त्यहाँको स्थानीय समुदायमा चर्चा चलाएपछि त्यो…

Activities

शब्दयात्राबाट अङ्ग्रेजी उपन्यास आउँदै 

शब्दयात्रा प्रकाशनले ‘द ट्य्राजेडिक स्टोरी’ नामक लघु उपन्यास प्रकाशन गर्ने भएको छ । उपन्यासकार भरतराज महतद्वारा लिखित नेपाली उपन्यास ‘कथा वियोगको’ लाई अङ्ग्रेजी भाषामा अनुवाद गरी उक्त पुस्तक प्रकाशन गर्न लागिएको हो । भरतराज महत शब्दयात्रा लेखक समाजको कार्यसमितिका सदस्य हुनुहुन्छ । उहाँको उपन्यास ‘कथा…

Shabdayatra Prakashan @ 2022