सिर्जना खनाललाई सिर्जना सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ महाकाव्यकार सिर्जना खनाल (रूपन्देही) मा समर्पण गर्ने भएको छ । उहाँद्वारा लिखित महाकाव्य ‘युगपुरुष’ २०८० साल मङ्सिरमा प्रकाशन गरिएको थियो । संस्कृत वाङ्मयका उद्भट विद्वान् भामहले काव्यिक गुणहरूको चर्चा गर्दा राम्रो काव्यमा ‘श्लेषः प्रसादः समता माधुर्य…
हरि मञ्जुश्री अभिनन्दित
शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष भाषासेवी हरि मञ्जुश्रीलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । काभ्रे सेवा समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारी आयोजना गरेको कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो । काभ्रेपलान्चोक जिल्लालाई शब्दकर्मको तपस्थल बनाई दशकौँदेखि अनवरत रूपले नेपाली भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा अथक रूपले…
रोशन अधिकारीबाट १२ हजार रुपियाँ आर्थिक सहयोग
शब्दसाधक तीर्थमा जग्गादान सम्बन्धी शिला–अभिलेखपत्र राख्ने प्रयोजनका लागि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले १२ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशनको उन्नयनका लागि आफ्नो स्वामित्वको जग्गा संस्थालाई हस्तान्तरण गर्नुभएका समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व कृष्णमणि कुइकेलको योगदान अरूका…
टेलिभिजन उपहार
प्रेरणादायी प्रवाचक तथा नेतृत्व विकास, आत्मिक जागरण र सामाजिक अनुसन्धान सम्बन्धी प्रशिक्षक धीरप्रसाद भण्डारीले शब्दयात्रा प्रकाशनलाई एक थान टेलिभिजन उपहारस्वरूप प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधक तीर्थमा समुपस्थित भएर उहाँले आज वैशाख १५ गते शनिबार टेलिभिजन हस्तान्तरण गर्नुभएको हो । शब्दयात्रा प्रकाशनका तर्फबाट…
उहाँहरूले चयन गर्नुहुनेछ
आगामी जेठ महिनामा शब्दयात्रा प्रकाशनबाट सम्मान समर्पण गर्ने व्यक्ति वा संस्थाको चयन गरिदिन पाँचजनालाई अनुरोध गरिएको छ — रमेश पौड्याल, निर्मला श्रेष्ठ, नारायणप्रसाद वैद्य, गीता अधिकारी र आनन्दराज श्रेष्ठ । प्राप्त भएका सिफारिसमध्येबाट उहाँहरूले एक सम्मानका लागि एक व्यक्ति वा संस्थाको चयन गर्नुहुनेछ । उहाँहरूले…
पुस्तक १ सय ७३ वटा
शब्दयात्रा प्रकाशन पुस्तकालयले विभिन्न विधाका १ सय ७३ वटा पुस्तक सहयोगस्वरूप प्राप्त गरेको छ । ती पुस्तकहरू पत्रकार तथा लेखक श्याम अधिकारीबाट प्राप्त भएका हुन् । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार श्याम अधिकारीप्रति हार्दिक आभार प्रकट गर्दछ ।
हरि मञ्जुश्री सम्मानित
शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्री सम्मानित हुनुभएको छ । उहाँलाई ललितपुरको महालक्ष्मी साहित्य समाजले यही वैशाख ८ गते सम्मानपत्र समर्पण गरेको हो । नेपाली भाषा–साहित्यका क्षेत्रमा गरेको अतुलनीय योगदानका लागि उहाँलाई सम्मान गरिएको बेहोरा सम्मानपत्रमा उल्लेख गरिएको छ ।
‘सफल जीवनका लागि योग’ छापिँदै
शब्दयात्रा प्रकाशन र धुलिखेल योगसाधना केन्द्रको सहकार्यका रूपमा ‘सफल जीवनका लागि योग’ नामक पुस्तक प्रकाशन हुने भएको छ । यसअघि यी दुई संस्थाको पहिलो सहकार्यका रूपमा ‘योगदर्शन’ नामक पुस्तक प्रकाशन गरिएको थियो । सहकार्यको दोस्रो शृङ्खलाका रूपमा प्रकाशन हुन लागेको ‘सफल जीवनका लागि योग’ का…
जेठमा सात सम्मान
शब्दयात्रा प्रकाशनबाट आगामी जेठ महिनामा निम्नलिखित सम्मानहरू समर्पण गरिनेछन् । सम्मानका लागि उपयुुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानबारे sypublication@gmail.com मा वैशाख २० गतेभित्र जानकारी पठाइदिन अनुरोध छ । प्राप्त भएका नाउँहरूमध्येबाट तीन सदस्यीय चयन समितिले सिफारिस गरेका व्यक्ति वा संस्थालाई अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला…
नयाँ वर्षको पहिलो दिन चार पुस्तक सार्वजनिक
शब्दयात्रा प्रकाशनको आयोजनामा आज २०८१ सालको पहिलो दिन चारवटा पुस्तकलाई सार्वजनिक गरियो । आफ्नै सभाकक्षमा आयोजित आजको कार्यक्रममा कल्पना खरेल प्रमुख अतिथि तथा ममता मृदुल र मन्दिरा मधुश्री विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा डा. इन्दुल केसीद्वारा सम्पादित ‘सावित्री स्मृति’ लाई मन्दिरा मधुश्री र डा. इन्दुल…