Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesडा. तीर्थबहादुर श्रेष्ठमा पुरस्कार समर्पण

डा. तीर्थबहादुर श्रेष्ठमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनको टोलीले आज वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठको घरैमा पुगेर ‘शब्दयात्रा टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । माघ २६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको पुरस्कार समर्पण समारोहमा उहाँ शारीरिक अस्वस्थताका कारणले उपस्थित हुन सक्नुभएको थिएन । पुरस्कार समर्पण गर्न उहाँको निवासमा गएको टोलीमा हरि मञ्जुश्री, रामप्रसाद अधिकारी, केदारनाथ तिमल्सिना, पुण्यवती घले, नवीना श्रेष्ठ र सङ्गीता केसी हुनुहुन्थ्यो । पुरस्कारका कोष व्यवस्थापक डा. मुकेशकुमार चालिसे र जनककुमारी चालिसे पनि उपस्थित हुनुहुन्थ्यो । पुरस्कार समर्पण गर्ने क्रममा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला, नवीना श्रेष्ठले उपहार, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, डा. मुकेशकुमार चालिसेले भेटी र रामप्रसाद अधिकारीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । सामग्री व्यवस्थापन पुण्यवती घले र सङ्गीता केसीले गर्नुभएको थियो ।