Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesकवितासङ्ग्रह ‘मान्छेभित्रको मान्छे’ सार्वजनिक

कवितासङ्ग्रह ‘मान्छेभित्रको मान्छे’ सार्वजनिक

कवि प्रकाश खड्काद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ नामक कवितासङ्ग्रह यही माघ २६ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ । कवि प्रकाश खड्का, गायिका सरस्वती सापकोटा र पूूर्वप्रशासक तथा लेखक डा. इन्दुल केसीले संयुक्त रूपमा उक्त कवितासङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनले पुस्तक सार्वजनिक गराउँदा थैलीभित्र राखिएको पुस्तक सुर्केनी तानी थैली खोलेर थैलीबाट झिकी सार्वजनिक गराउने गरेको छ । ‘मान्छेभित्रको मान्छे’ लाई पनि त्यसै गरी सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा पुस्तकका बारेमा मच्छेश्वर सापकोटाले टिप्पणी गर्नुभएको थियो भने कृतिकारले पुस्तकभित्रको एउटा कविता वाचन गरी कवितासङ्ग्रहसम्बन्धी आफ्नो मन्तव्य राख्नुभएको थियो ।
‘मान्छेभित्रको मान्छे’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २४४ औँ कृति र प्रकाश खड्काद्वारा लिखित पहिलो कृति हो । कवि प्रकाश खड्का विराटनगरका बासिन्दा हुनुहुन्छ । उहाँको यस सङ्ग्रहमा ४० वटा कविता सङ्कलित छन् ।