Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesभजनमा आधुनिकीकरण सम्बन्धी विचारगोष्ठी

भजनमा आधुनिकीकरण सम्बन्धी विचारगोष्ठी

भक्तपुरमा हिजो फागुन ७ गते ‘भजनको लेखन, सङ्गीत तथा गायनमा आधुनिकीकरण’ विषयक विचारगोष्ठीको आयोजना गरियो । कार्यक्रमका आयोजक कला–संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी हुनुहुन्थ्यो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई भजनलेखक, सङ्गीतकार र गायकका रूपमा प्रमुख वक्ता बनाइएको थियो । जम्मा २ घण्टा लामो त्यस कार्यक्रममा उहाँको मन्तव्यका लागि ४५ मिनेट समय छुट्याइएको थियो । त्यति समयभित्र उहाँले आफ्नो भनाइ प्रस्तुत गर्नुभयो । त्यसपछि रङ्गकर्मी हरिबहादुर थापा, वाराहीपीठका अध्यक्ष अनन्तप्रसाद धौभडेल, कवि विष्णु ओली, भजनलेखक ढुण्डिराज पोखरेल, भजनगायक प्रताप राना, गायिका कमला गौतम आदिले उहाँको मन्तव्यलाई लिएर आआफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा कवि पदम दाहाल र जयनारायण नेपाल, आख्यानकार प्रजापति तिमिल्सिना, गायक सत्यनारायण मानन्धर, शिक्षासेवी पशुपतिमान प्रधान आदिका साथै भक्तपुरका विभिन्न भजन समूहका गायक–गायिका तथा सङ्गीत प्रशिक्षकहरूको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व डा. इन्दुल केसीले, आतिथ्य रङ्गकर्मी हरिबहादुर थापा र वाराहीपीठका अध्यक्ष अनन्तप्रसाद धौभडेलले तथा सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको थियो ।
एबीसीडी अनलाइन पत्रिकाका सम्पादक कृष्ण किसीका अनुसार भजनको लेखन, सङ्गीत तथा गायनमा आधुनिकीकरण विषयक विचारगोष्ठी भक्तपुरमा पहिलोपटक आयोजना गरिएको हुन सक्छ ।