Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublications२५४. ‘बा’ को वाम

२५४. ‘बा’ को वाम

बलदेव थापाद्वारा लिखित ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) नामक यस पुस्तकमा भक्तपुर जिल्लामा पर्ने गुण्डू क्षेत्रको विस्तृत परिचय गराउनुका साथै लेखकका पिता समाजसेवी हरिबहादुर थापा र राजनीतिकर्मी पद्मबहादुर बुढाथोकीको योगदानका बारेमा चर्चा गरिएको छ । विशेषतः किसान आन्दोलनलाई केन्द्रमा राखिएको यस पुस्तकमा राजनीति, साहित्य, पत्रकारिता र समाजसेवा क्षेत्रमा लागेका त्यस भेगका व्यक्तित्वहरू लेखनाथ न्यौपाने, युद्धप्रसाद मिश्र, भैरव रिसाल, गणेशबहादुर राउत, अङ्गीरस उपाध्याय, नेत्रनाथ शर्मा, विष्णुबहादुर खड्का, होमशङ्कर ढुङ्गेल आदिका विषयमा पनि जानकारी गराइएको छ । पञ्चायतकालीन राजनीति र वर्तमान सामाजिक अवस्थाको झल्को पनि यस पुस्तकले दिएको छ ।