हार्दिक शब्दश्रद्धा
‘ठाडोभाका गायन शिरोमणि’ उपाधिबाट विभूषित एवं ‘भेडीखर्के साइँला’ उपनामबाट सुपरिचित लोकगायक दीर्घराज अधिकारीको निधनबाट नेपाली लोकसङ्गीत क्षेत्रमा अपूरणीय क्षति भएको छ । उहाँप्रति हार्दिक शब्दश्रद्धा ! शब्दयात्रा प्रकाशन
हार्दिक अनुरोध
दसैं, तिहार, छठ र नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम निम्नलिखित स्थान, मिति र समयमा आयोजना गरिएको हुनाले उपस्थितिका लागि हार्दिक अनुरोध छ । स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वरधाम परिसर, नैमिषारण्य क्षेत्र, बनेपा — ६, काभ्रे मिति : २०७४ साल असोज ४…
‘शब्दसंवाद’ अब असोज २७ गते
शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ दसैँका कारणले केही समयसम्म स्थगित गरिने भएको छ । शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले दिनुभएको जानकारीअनुसार आगामी असोज ६, १३ र २० गते गरी तीन हप्ता ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम सञ्चालन गरिने छैन, असोज २७ गते शुक्रबारदेखि पुनः सञ्चालन…
‘शब्दसंवाद’ मा दिवाकर जङ्गम
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एकतीसौँ शृङ्खला गत २०७४ भदौ ३० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । पदमनाथ ढुङ्गानाको सञ्चालनमा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व प्रसिद्ध लोकगायक मच्छेश्वर सापकोटाले गर्नुभएको थियो भने प्रमुख वक्ताका रूपमा दिवाकर जङ्गमले योग र मुद्रासम्बन्धी…
शब्दयात्रामा अधिकारी वंश प्रतिष्ठान
शब्दयात्रा प्रकाशनको निमन्त्रणामा कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानका तर्फबाट शिक्षासेवी तथा अन्वेषक राजेन्द्र विरही अधिकारी र गोविन्द अधिकारीले शब्दयात्रा प्रकाशनको कार्यालय, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माणस्थल तथा नीलकण्ठेश्वरधाम परिसरको अवलोकन भ्रमण गर्नुभयो । स्मरणीय छ राजेन्द्र विरही अधिकारीलाई शब्दयात्रा प्रकाशनले २०७१ सालमा नन्दिकेश्वर अधिकारी शोध…
शब्दयात्रामा नरेन्द्रबहादुर श्रेष्ठ
प्रसिद्ध साहित्यकार, चित्रकार तथा नेपालका एक मात्र जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई गत २०७४ साल भदौ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनमा स्वागत गरियो । उहाँलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका गतिविधिहरूका विषयमा जानकारी गराउँदै शब्दयात्रा प्रकाशनबाट प्रकाशित केही पुस्तकहरू उपहारस्वरूप अर्पण गर्नुभएको थियो भने नरेन्द्रबहादुर…
शब्दयात्रामा षडानन्द प्रतिष्ठान
शब्दयात्रा प्रकाशनको निमन्त्रणामा षडानन्द स्मृति प्रतिष्ठानको कार्यसमितिले शब्दयात्रा प्रकाशनको कार्यालय, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माणस्थल, नीलकण्ठेश्वरधाम तथा नैमिषारण्य क्षेत्रको अवलोकन भ्रमण ग¥यो । भ्रमण गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष विष्णुराज कुसम तथा डा. हेमाङ्गराज अधिकारी, प्रा. चेतोनाथ गौतम, प्रा. लालानाथ सुुवेदी, सहप्राध्यापक निर्मला पोखरेल, आत्मेश्वर चापागाईं,…
‘शब्दसंवाद’ मा दण्डपाणि अधिकारी
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को तीसौँ शृङ्खला गत २०७४ साल भदौ २३ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा दण्डपाणि अधिकारी प्रमुख वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँले लेखाप्रणालीका बारेमा जानकारी गराउनुभएको थियो । छविलाल कुइँकेलको सभापतित्वमा पदमनाथ ढुङ्गानाले…
सालिकका लागि आर्थिक सहयोग
काभ्रेको बनेपामा शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण गर्ने कार्यक्रमअन्तर्गत विभिन्न पाँचजना शब्दसाधकहरूको सालिक निर्माण र स्थापना गर्न लागिएपछि त्यसका लागि जनसहभागिता जुट्तै गएको छ । यसै क्रममा सालिक स्थापना गर्नमा सघाउ पुगोस् भन्ने उद्देश्यले शिक्षासेवी तथा शब्दयात्रा प्रकाशनको नवौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य…
नरबहादुर भारतीको सालिक निर्माण
शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेका पाँचजना अग्रज साधकहरूको सालिक निर्माण गर्ने कार्य अब सम्पन्न भइसकेको छ । बालागुरु षडानन्द, देवीप्रसाद सापकोटा, कृष्णलाल अधिकारी र मेलवादेवी गुरुङका सालिकहरू निर्माण भइसकेकोमा अब वैज्ञानिक नरबहादुर भारतीको सालिक पनि निर्माण भइसकेको छ । नरबहादुर भारतीको सालिक राख्ने…