Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा समस्यापूर्ति कवितागोष्ठी

     मोतीराम भट्टको १६१ औँ जयन्तीको अवसरमा शब्दयात्रा प्रकाशनले आज भदौ २६ गते समस्यापूर्ति कवितागोष्ठी सम्पन्न गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि...
Homeशब्दयात्रा प्रकाशनमा समस्यापूर्ति कवितागोष्ठी

शब्दयात्रा प्रकाशनमा समस्यापूर्ति कवितागोष्ठी


     मोतीराम भट्टको १६१ औँ जयन्तीको अवसरमा शब्दयात्रा प्रकाशनले आज भदौ २६ गते समस्यापूर्ति कवितागोष्ठी सम्पन्न गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले मोतीराम भट्टको योगदानका बारेमा जानकारी गराएपछि गोष्ठी प्रारम्भ भएको थियो । गोष्ठीमा ‘बाढीबाट विपत्ति भो’ शीर्षकमा कविहरू ढुण्डिराज पोखरेल, सरस्वती चिमोरिया, प्रा. डा. हिरण्यलाल ज्ञवाली, उत्तम भेटवाल, शिव बन्जारा, श्रीकृष्ण पाण्डे, आल्फिफोहेन फाक्लुप्पा, आर. सी. भट्टराई, कालिका त्रिपाठी पन्त, नवराज दाहाल उत्साही, नोलाराज भण्डारी र शारदा पौडेलका कविता वाचन गरिएका थिए भने केदारनाथ तिमल्सिना र मुरहरि रायमाझी ‘हरि’ का कविताचाहिँ समस्यापूर्ति नगरिएका थिए ।
     केदारनाथ तिमल्सिनाबाट सभापतित्व, कालिका त्रिपाठी पन्तबाट उद्घोषण, शिव बन्जाराबाट समुद्घाटन र आर. सी. भट्टराईबाट समापन गरिएको गोष्ठीमा सङ्गीता केसी र भुवन पाण्डेले सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा पहिलोपटक समस्यापूर्ति कवितागोष्ठीको आयोजना गरेकोमा कविहरूले शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिनुभएको थियो ।