शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका रूपमा विविध विषयका लेखरचनाहरू लेखी प्रकाशन गराउनुभएको छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन पत्रकार हरिगोपाल प्रधान (काठमाडौँ) ले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर स्तम्भकार राममणि सिटौलाले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ ।


