Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesजीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

जीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने


शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ जीतबहादुर रायमाझी (सिराहा) मा समर्पण गर्ने भएको छ । मिथिला चित्रकलाका ख्यातिप्राप्त चित्रकलाकार, अन्वेषक तथा लेखक उहाँ बनारस हिन्दू विश्वविद्यालयबाट चित्रकला विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि प्राप्त गर्ने पहिलो नेपालीका रूपमा पनि सुपरिचित हुनुहुन्छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन लेखक कृष्णहरि मैनाली (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर चित्रकलाकार जीतबहादुर रायमाझीले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ ।