Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
HomeActivitiesप्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने


     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट नेपाली भाषाको समाचार वाचन गर्नुभएका उहाँले ‘रेडियो जिन्दगी’ लगायतका विभिन्न पुस्तकहरू लेख्नुभएको छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन देवीप्रसाद सापकोटाका पनाति लेखक सुनिल सापकोटा (मोरङ) ले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर आमसञ्चारकर्मी प्रकाशप्रसाद उपाध्यायले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ । स्मरणीय छ — लोकतन्त्रका लागि ‘गोर्खाली’ पत्रिका प्रकाशन गरेका देवीप्रसाद सापकोटाको निधन २०११ सालमा भएको थियो । उहाँको सालिक शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको छ ।