बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता वाचन गर्नेहरूमा हरि मञ्जुश्री, प्रा. डा. हेमराज काफ्ले, रश्मि हुमागाईं, गोविन्दबहादुर खड्का, डा. इन्दुल केसी, मुरहरि रायमाझी हरि, सलिन विष्ट, नवराज दाहाल उत्साही, कृष्णमणि कुइकेल, केदारनाथ तिमल्सिना र कालिका त्रिपाठी पन्त हुनुहुन्थ्यो ।
प्रकाश उज्ज्वल बनेपाको कविता कालिका त्रिपाठी पन्तले, अच्युत अधिकारीको कविता रश्मि हुमागाईंले र शशी आचार्यको कविता धनबहादुर मगरले वाचन गर्नुभएको उक्त अवसरमा कुमारी योङहाङ लिम्बूले भजन गाउनुभएको थियो ।


