Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesभूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति समर्पण

भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लाको पातलेखेतमा अवस्थित हनुमान माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विपन्न तर जेहेन्दार विकलाङ्ग छात्रा रेश्मा तामाङमा समर्पण गरेको छ । छात्रवृत्तिका कोष व्यवस्थापक डा. रूपनारायण श्रेष्ठले विद्यार्थीलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र तथा छात्रवृत्ति पाउनुपर्ने विद्यार्थी छनोट गरी पठाइदिएकोमा विद्यालयलाई आभारपत्र समर्पण गर्नुभएको थियो । उहाँले यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठको स्मृति र सम्मानमा गर्नुभएको हो । भोजपुरको दिङ्लामा जन्मनुभएका उहाँ हाल काठमाडौँको शङ्खमूलमा बस्नुहुन्छ । उहाँ प्राध्यापन गर्नुहुन्छ र उहाँको कवितासङ्ग्रह पनि प्रकाशित छ । ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति, २०८३’ प्राप्त गर्नुभएकोमा विकलाङ्ग छात्रा रेश्मा तामाङलाई बधाई छ । छात्रवृत्ति समर्पण समारोह यही २०८३ जेठ ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।