Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesद्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले योगिना श्रेष्ठलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र समर्पण गर्नुभयो । उहाँले छात्रवृत्ति पाउनुपर्ने विद्यार्थी छनोट गरिदिएकोमा एबीसीडी खबर अनलाइन पत्रिकाका सम्पादक–प्रकाशक कृष्ण किसीमा आभारपत्र समर्पण पनि गर्नुभयो । यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृति र सम्मानमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

भोजपुरको देउरालीमा जन्मनुभएका उहाँ हाल काठमाडौँको पेप्सिकोलामा बस्नुहुन्छ । शारीरिक अस्वस्थताका कारणले उहाँ कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट हरि मञ्जुश्रीले छात्रवृत्ति र आभारपत्र समर्पण गर्नुभएको थियो । ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति, २०८३’ प्राप्त गर्नुभएकोमा योगिना श्रेष्ठलाई बधाई छ । छात्रवृत्ति समर्पण समारोह यही २०८३ जेठ ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।