Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesदिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति समर्पण

दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमध्ये आर्थिक रूपमा विपन्न तर पढाइमा अब्बल रहेका कक्षा १ देखि १० सम्मका १० जना विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयको सिफारिसका आधारमा समर्पण गरेको छ । छात्रवृत्तिका कोष व्यवस्थापक शेखरप्रसाद ढुङ्गानाको समुपस्थितिमा उहाँका छोरा अभय ढुङ्गानाले विद्यार्थीलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र तथा छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरू छनोट गरी पठाइदिएकोमा विद्यालयलाई आभारपत्र समर्पण गर्नुभएको थियो । छात्रवृत्तिको प्रमाणपत्र वाचन पुण्यवती घलेले गर्नुभएको थियो ।

यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन काठमाडौँको चाबहिल शान्तिगोरेटो निवासी शिक्षासेवी शेखरप्रसाद ढुङ्गानाले आफ्ना मातापिता दिव्यवती ढुङ्गाना र कान्तुप्रसाद ढुङ्गानाको स्मृति तथा सम्मानमा गर्नुभएको हो । छात्रवृत्ति प्राप्त गर्नेहरूमा करथरी माध्यमिक विद्यालय काभ्रेभन्ज्याङमा अध्ययनरत कक्षा १ का नरेन्द्र परियार, कक्षा २ का कृष्ण मिजार, कक्षा ३ की सुजिता सुनुवार, गणेश माध्यमिक विद्यालय भमरकोटमा अध्ययनरत कक्षा ४ की सभ्यता तिमल्सिना, कक्षा ५ की सुनिसा तिवारी, कक्षा ६ की डोल्मो तामाङ, पुण्य माध्यमिक विद्यालय पनौतीमा अध्ययनरत कक्षा ७ का रोहन विक, कक्षा ८ की प्रनुसा दाहाल, भालचन्द्र माध्यमिक विद्यालय मानेदोभानमा अध्ययनरत कक्षा ९ का रोशन तामाङ र कक्षा १० की लक्ष्मी तामाङ रहेका छन् । छात्रवृत्ति समर्पण समारोह यही २०८३ जेठ ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।