ओखलढुङ्गा जिल्लाको यसममा २०४१ सालमा जन्मेर शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा उपन्यास, कथा र गीत विधामा योगदान दिनुभएकोमा कुमार काफ्लेलाई २०८२ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ कमला महतका साथमा संयुक्त रूपमा समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा कुमार काफ्लेलाई लेखक तथा पत्रकार रेणुका भट्टराईले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापकका तर्फबाट जीवनीकार दामोदर घिमिरेले भेटी, लेखक सकुल थापाले उपहार र समाजसेवी पुण्यवती घलेले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन पितामाताको स्मृति र सम्मानमा साहित्यकार अमर त्यागीले गर्नुभएको हो ।