Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
Homepublications२४६. सम्पादक्यौली (सम्पादकीय, लेखकीय र भूमिकाको सँगालो)

२४६. सम्पादक्यौली (सम्पादकीय, लेखकीय र भूमिकाको सँगालो)

‘सम्पादक्यौली’ मा द्रोणप्रसाद श्रेष्ठले लेख्नुभएका ‘सम्पादकीय’, ‘लेखकीय’ र ‘भूमिका’ हरू तथा उहाँका पुस्तकमा अरूबाट लेखिएका ‘मन्तव्य’ र ‘प्रकाशकीय’ हरू समावेश गरिएका छन् । उहाँले यो पुस्तक आफ्नी धर्मपत्नी मनका श्रेष्ठमा समर्पण गर्नुभएको छ । यसअघि पनि उहाँले आफ्नी धर्मपत्नीमा आफ्नो पुस्तक समर्पण गर्नुभएको थियो । उहाँले आफ्नी धर्मपत्नीको स्मृतिमा शब्दयात्रा प्रकाशनमा महिला प्रतिभा सम्मानका लागि सम्मानकोषको र पत्रकारिता विषय पढ्ने छात्राका लागि छात्रवृत्तिकोषको स्थापना गर्नुभएको छ, शब्दयात्रा प्रकाशनले स्थापना गरेका वाङ्मयसेवीको सालिकका लागि र शब्दवाटिकाका लागि पनि आर्थिक सहयोग गर्नुभएको छ । उहाँको अर्धाङ्गिनीप्रेमको यो विशिष्ट उदाहरण हो ।