Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesप्रा. शङ्करराज पाठकमा भाषासेवा सम्मान समर्पण गरिने

प्रा. शङ्करराज पाठकमा भाषासेवा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा भीमप्रसाद–पद्मकला सुवेदी भाषासेवा सम्मान’ भाषासेवी प्रा. शङ्करराज पाठक (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । प्रा. शङ्करराज पाठक त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ । उहाँद्वारा सम्पादित र २०६३ सालमा प्रथम संस्करणका रूपमा प्रकाशित ‘अङ्ग्रेजी–नेपाली वृहत् शब्दकोश’ नेपाली वाङ्मयको महत्त्वपूर्ण शब्दकोश मानिन्छ । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन भीमप्रसाद–पद्मकला स्मृतिकोषका तर्फबाट प्रा. लालानाथ सुवेदी (भोजपुर) ले गर्नुभएको हो । सम्मान यही चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. शङ्करराज पाठकप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।