Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
Homepublications२४७. ग्वालटारदेखि बानेश्वरसम्म (आत्मसंस्मरण)

२४७. ग्वालटारदेखि बानेश्वरसम्म (आत्मसंस्मरण)

अजयकुमार पोखरेलको पुस्तक ‘ग्वालटारदेखि बानेश्वरसम्म’ उहाँको आत्मसंस्मरण हो । विभिन्न २६ वटा उपशीर्षक दिएर प्रस्तुत गरिएको र जम्मा ८८ पृष्ठमा विस्तार भएको यो पुस्तक सिन्धुली जिल्लाको ग्वालटारबाट प्रारम्भ भएर काठमाडौँ पु्ग्छ, अनि नेपालका विभिन्न स्थानहरूका साथै विदेशमा इन्डिया, थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया, फिलिपिन्स, सिङ्गापुर, पेरू र जापान जस्ता मुलुकहरू घुमेर फेरि काठमाडौँमै पुगी समाप्त हुन्छ । नेपालको भौतिक विकाससम्बन्धी निर्माण प्रक्रिया, प्रशासनिक संरचना र कार्यप्रणाली, शैक्षिक र सामाजिक वातावरण, नेपाली जनजीवन, पाँच दशकअघिको नेपालको परिवेश जस्ता विषयहरूमा यस पुस्तकका पाठकले जानकारी पाउनेछन् ।