Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesकिरण थापालाई सामाजिक जागरण सम्मान समर्पण गरिने

किरण थापालाई सामाजिक जागरण सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान’ किरण थापा (सिन्धुली) मा समर्पण गर्ने भएको छ । समाजसेवा र सामाजिक जागरणका क्षेत्रमा आफ्ना पिता कर्मयोगी बद्रीविक्रम थापाको उत्तराधिकार ग्रहण गरी विभिन्न संस्थाहरूका माध्यमबाट समाजोत्थान र पूर्वीय आदर्शको पुनर्जागरणका लागि आवश्यक पर्ने विविध कार्यहरू सम्पन्न गरेर अनुकरणीय आदर्श कायम गर्नुका साथै कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको अग्रसरतामा चेतनायात्रा, पुस्तक प्रकाशन आदिजस्ता कार्यक्रमहरूको आयोजना गरी नेपालका विभिन्न भूभागमा पुगेर सामाजिक जागरण गराउनका लागि सक्रिय रहनुभएकाले उहाँलाई सम्मान गर्ने निर्णय गरिएको हो । यस सम्मानका लागि समाजसेवी आनन्दराज श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा किरण थापाप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।