Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्राकृतिक प्रकोप सम्बन्धी कविता वाचन

बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता...
Homepublications२०२. प्लास्टिक सर्जरी

२०२. प्लास्टिक सर्जरी

वेदकुमारी न्यौपानेको प्रस्तुत लघुएकाङ्कीसङ्ग्रह ‘प्लास्टिक सर्जरी’ मा १६ वटा लघुएकाङ्की सङ्ग्रह गरिएका छन् । यी लघुएकाङ्की मार्मिक छन्, पाठकको हृदयमा तुरुन्तै प्रवेश गर्ने खालका छन् । समाजमा घटिरहेका कैयौँ घटनालाई हामीले साना–मसिना ठानेर बेवास्ता गरिरहेका हुन्छौँ, तर तिनले समाजलाई कता लगिरहेका छन् भन्ने कुरा सशक्त ढङ्गमा यी लघुएकाङ्कीहरूमा प्रस्तुत भएका छन् । त्यसैले आकारमा सानो देखिएर पनि यो पुस्तक नाट्य विधाबाट समाजको सग्लो चित्र देखउन सक्ने ठूलो पुस्तक बनेको छ ।