Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesशब्दयात्रा प्रकाशनको कार्यक्रम सम्पन्न

शब्दयात्रा प्रकाशनको कार्यक्रम सम्पन्न

शब्दयात्रा प्रकाशनले गत २५ गते विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष हरि मञ्जुश्रीले, प्रमुख आतिथ्य पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले, आतिथ्य सङ्गीतकार तथा साहित्यकार हिरण्य भोजपुरे, इन्डियाका अनुवादक डा. साहेब खन्दारेले र सञ्चालन शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा कवित्रय पदम दाहाल, प्रजापति तिमिल्सिना र गोविन्दबहादुर खड्काले कविता वाचन गर्नुभएको थियो भने कवयित्रीद्वय कालिका त्रिपाठी पन्त र पुण्यवती घलेले कवि र अतिथिहरूलाई उपहार समर्पण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रा. केदारनाथ श्रेष्ठले, समापन डा. रूपनारायण श्रेष्ठले, व्यवस्थापन सङ्गीता केसीले र छायाङ्कन प्रकृति प्याकुरेलले गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कारका आर्थिक व्यवस्थापक कवि कृष्ण जोशी, आजीवन सदस्य सुमन खड्काका पिता प्रेमबहादुर खड्का र संस्थाका सहयोगी लेखक माधवप्रसाद श्रेष्ठको आत्मशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।