Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications१७५. गाईजात्रा

१७५. गाईजात्रा

लघुकथाकार गायत्रीकुमार चापागार्र्ईंको विशिष्ट शिल्पबाट सुसज्जित ‘गाईजात्रा’ गम्भीर विषयलाई सरल प्रस्तुतिका साथ लेखिएको लघुकथासङ्ग्रह हो । यसले दिन खोजेको विचार र अवलम्बन गरेको शैली तथा यसमा प्रयोग भएको भाषा–व्याकरणका आधारबाट पाठकवर्गले यस सङ्ग्रहको मूल्याङ्कन गर्न सक्छन् । राजनीतिमा ल्याइएको विकृति, विकृतिले उब्जाएको सामाजिक बेथिति, बेथितिका कारण बढ्दै गएको अन्धविश्वास र विश्वासमाथि घात गरेर उठेका विविध प्रकारका शोषणहरू यस सङ्ग्रहमा रहेका सबै लघुकथाका विषयवस्तु हुन् । भावको सघनता, सुस्पष्ट विचार, व्यङ्ग्यको प्रयोग र अनावश्यक शब्दको अभाव यस सङ्ग्रहका मूल विशेषता देखिन्छन् ।