Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications१७४. सङ्घर्ष र जीवन

१७४. सङ्घर्ष र जीवन

‘सङ्घर्ष र जीवन’ (अनुभव र अनुभूति) लेखक माधवप्रसाद चापागाईंले भोग्नुभएका दुःखदायी र आनन्ददायी गाथाहरूलाई लेखसङ्ग्रहको ढाँचामा लेखिएको प्रेरणादायी र सन्देशमूलक अभिव्यक्ति हो । जम्मा २५ शीर्षक राखेर तयार पारिएको यस पुस्तकलाई उहाँको पहिलो पुस्तक ‘जीवन एक भोगाइ अनेक’ को दोस्रो भाग पनि भन्न सकिन्छ । जीवन र जगत्का विविध आयाममा देखिएको दृष्टिभिन्नता, पुरानो र नयाँ पुस्ताबीचको मनोविज्ञानमा आएको पृथकता, उमेरले ल्याउने सोच, समयले ल्याएको परिवर्तन, अल्पविकसित र विकसित देशको अवस्था जस्ता विषयहरूमा केन्द्रित यो पुस्तक संस्मरणलेखनको रोचक शैलीका कारण पठनीय र सङ्ग्रहणीय बनेको छ ।