Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग —

भोटेकोशी नदीमा आएको बाढीका कारण राष्ट्रिय विपत्ति परेको अवस्थामा बाढीपीडितहरूको सहयोगार्थ शब्दयात्रा प्रकाशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपियाँ...
HomeActivitiesशब्दयात्रालाई अनुसन्धान सहयोग

शब्दयात्रालाई अनुसन्धान सहयोग

काभ्रे बनेपाको गोसाइँस्थानमा बसेर दुई दशकअघि समाधिस्थ हुनुभएका रमेश बाबा नाउँबाट चर्चित स्वामी रमेश गिरिका विषयमा अनुसन्धान गरी पुस्तक प्रकाशन गर्नका लागि काठमाडौँ कोटेश्वरमा रहेको शान्ति सेवा आश्रमले शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग गर्ने भएको छ । त्यसका लागि पहिलो किस्तास्वरूप शान्ति सेवा आश्रमले पचास हजार रुपियाँ शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराएको छ ।
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिले नैमिषारण्य गुरुकुलको प्रथम वार्षिक दिवसको अवसर पारी आयोजना गरेको समारोहमा डा. चिन्तामणि योगीले पचास हजार रुपियाँको चेक शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।