Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublicationsअग्निजल

अग्निजल

अग्निजल

अग्नि सामथ्र्यवान्, जल पनि सामथ्र्यवान् । दुवैको सामथ्र्य एकीकृत गर्ने अगस्त्य–प्रयत्न हो अग्निजल । जलबाट अग्नि प्रज्ज्वलित हुने र अग्निबाट जल प्रवाहित हुने विरोधाभासी बिम्ब हुन्छ अग्निजल । मानव–जीवन अग्निजलकै प्रतीक हो । मीरा पौड्यालले देखेको ‘अग्निजल’ उनैले लेखेको कवितासङ्ग्रहको नाउँ पनि हो । १२३ वटा कविताको यस सङ्ग्रहमा छन् धेरै कविता थोरै हरफका, थोरै कविता केही बढी हरफका । यसभित्रका कविता तीन प्रकारका छन् — उत्तम अर्थात् भावसामथ्र्यमा बलिया, मध्यम अर्थात् शब्दसामथ्र्यमा साधारण र निम्न अर्थात् शिल्पसामथ्र्यमा कमजोर । कमजोर कविता कम, साधारण कविता तीभन्दा बढी र बलिया कविता तीभन्दा पनि बढी छन् ।