सत्यनारायण व्रतकथा

महाकाव्यकार तथा अनुवादक श्रीधर प्याकु¥याल (कविप्रसाद प्याकु¥याल) ले संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशनार्थ यस संस्थालाई उपलब्ध गराउनुभएको ‘सत्यनारायण व्रतकथा’ र ‘हरितालिका व्रतकथा’ लाई एउटै पुस्तकमा समावेश गराई यस पुस्तकको प्रकाशन गरिएको हो । पुस्तकको अघिल्लो भागमा ‘सत्यनारायण व्रतकथा’ र पछिल्लो भागमा ‘हरितालिका व्रतकथा’ लाई प्रस्तुत गरिएको छ । श्रीधर प्याकु¥याल गद्यमा भन्दा पद्यमा प्रस्तुत हुन सजिलो मान्नुहुन्छ । त्यसैले संस्कृत भाषाका पुस्तकहरूलाई अनुवाद गर्दा उहाँले कविता विधामा अनुवाद गर्ने गर्नुभएको छ । यसबाट कविता विधामा रुचि राख्ने पाठकले पनि कथाको रसास्वादन गर्न पाउँछन् र कविता–काव्य विधाको गरिमा बढेर त्यसले विस्तृति पनि पाउँछ । यो पुस्तक धार्मिक, आध्यात्मिक, सांस्कृतिक, सामाजिक र नैतिक साहित्यको उत्तम नमुना हो ।