Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
Homepublicationsविगततिर नियाल्दा

विगततिर नियाल्दा

विगततिर नियाल्दा

विधा : संस्मरणसङ्ग्रह
कृतिकार : रामगोपाल वरुण
प्रकाशनकाल : जेठ २०७२
मूल्य : रु. २००।–
‘विगततिर नियाल्दा’ रामगोपाल वरुणको जीवनकथा, आत्मवृत्त या आत्मकथा । आत्मकथा पनि साहित्यको एक विधा निबन्धको एउटा हाागा । साहित्यमा आत्मकथ्य होस् कि कुनै अर्को लेखन, लेखेर राखुन्जेल आफ्नो, छपाइसकेपछि अर्कैको हुन्छ । त्यसमाथि टिप्पणी गर्नमा अर्काको पनि हक लाग्छ । त्यसलाई अर्काेले आफ्नो आाखाले हेर्छ । त्यो हुन्छ पाठकको आाखा । आाखा अर्थात् दृष्टिकोण, अनि कृतिले समाजमा पार्ने–नपार्ने र पारेको–नपारेको प्रभावको मूल्याङ्कन गर्ने क्षमता । त्यसैले त्यो आगत पनि हो । आगतले विगतलाई नियाल्छ र शिक्षा लिन्छ, शिक्षा दिन्छ । ‘विगततिर नियाल्दा’ लाई आगतबाट नियाल्दा कस्तो देखिएला, त्यो कौतूहलको विषय हुन सक्छ अहिलेका लागि ।