Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
Homepublicationsझण्डा झुक्नु हुादैन

झण्डा झुक्नु हुादैन

झण्डा झुक्नु हुादैन

विधा : गजलसङ्ग्रह
अनुवादक : मुरहरि रायमाझी
प्रकाशनकाल : चैत २०७१
मूल्य : रु. १००।–
‘झण्डा झुक्नु हुादैन’ भित्रको चिन्तन प्रगतिको सम्वाहनतर्फ उन्मुख, शैली नवीनतातर्फ उन्मुख, वृत्त विस्तृतीकरणतर्फ उन्मुख र विषय पृथक्तातर्फ उन्मुख । अनि यो कृति कृतिकारको चिन्तनकला, व्यवहारकला र अभिव्यक्तिकलाको नमुना । कृतिकारको समग्र व्यक्तित्वको अङ्ग–उपाङ्गसहित परिचय दिन्छ यसले । यो कृतिकारको पिरलोको कथा, मुलुकको दुर्दशाको गाथा र सम्वेदना क्षीण हुादै जाादाको व्यथा । बोध छ यसभित्र व्यक्तिप्रेमको महत्ताको, समूहप्रेमको महत्ताको, समाजप्रेमको महत्ताको र मुलुकप्रेमको महत्ताको । अनि यो हो व्यापक दृष्टि मानवीय सत्ताको र चारित्रिक इयत्ताको । थोरैमा धेरै यसको विशेषता । प्रवाहशीलता, शीलता, साधुता, सरसता र समन्वयता यसको विशिष्टता ।