Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७७. युगपुरुष महाकाव्यको अध्ययन

सिर्जना खनालले भरत जङ्गमको जीवनगाथालाई आधारभूमि बनाएर लेख्नुभएको ‘युगपुरुष’ महाकाव्यको अध्ययन गर्ने क्रममा यस महाकाव्यको शल्यक्रिया गर्दागर्दै दीनबन्धु अर्यालले ‘युगपुरुष महाकाव्यको अध्ययन’ नामक पुस्तक...
HomeActivitiesशब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने सम्मानहरू २०७३ साल जेठमा पनि समर्पण गरिने भएकाले सम्मानयोग्य व्यक्ति वा संस्थाको नाउँ कारणसहित आगामी वैशाख १५ गतेभित्र प्राप्त हुने गरी पठाइदिन शब्दयात्रा प्रकाशनले सबैमा अनुरोध गरेको छ ।
जेठ महिनाको दोस्रा साता समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मानका लागि सचिवदेखि शाखा अधिकृतसम्मको प्रशासनिक कर्मचारी भएर पनि अर्को कुनै विधामा दक्षता देखाइसकेकी महिला हुनुपर्ने, राष्ट्रिय गजल सम्मानका लागि गजल विधाका लागि उत्कृष्ट योगदान पु¥याएको हुनुपर्ने, शब्दयात्रा सिर्जना सम्मानका लागि २०७२ सालभरिमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित १७ वटा पुस्तकहरूमध्ये सर्वोत्तम लागेको हुनुपर्ने र शोध सम्मानका लागि कवि नन्दिकेश्वर अधिकारी वा उनका वंशज लेखकका विषयमा शोध गरेको हुनुपर्ने कुरा शब्दयात्रा प्रकाशनले जनाएको छ ।
उल्लिखित सम्मानहरू गत वर्ष शैलजा रेग्मी भट्टराई, बूँद राना, अनन्त कोइराला र गोपाल पराजुली सम्मानित भएका थिए । ती सम्मानहरूको आर्थिक व्यवस्थापन उर्मिला श्रेष्ठ भोजपुरे, रुक्मिणी सिग्देल, कल्याण लम्साल र गीता मञ्जुश्रीले गर्नुभएको छ ।