Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘शब्दसञ्चार’ अब हरेक हप्ता

‘शब्दसञ्चार’ अब हरेक हप्ता

शब्दयात्रा प्रकाशनको रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ २०७३ सालको पहिलो सातादेखि नै हरेक हप्ता प्रसारण गर्न थालिएको छ । शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा सहयोगी मित्रहरूको आग्रहबमोजिम ‘शब्दसञ्चार’ लाई साप्ताहिक कार्यक्रमका रूपमा रूपान्तरण गरिएको हो । अब ‘शब्दसञ्चार’ कार्यक्रम हरेक बुधबार बेलुका ७ देखि साढे ७ बजेसम्म रेडियो एबीसी ८९.८ मेगाहर्जबाट सुन्न सकिनेछ ।
‘शब्दसञ्चार’ कार्यक्रम गत वर्ष प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार प्रसारण हुने गरेको थियो । उक्त कार्यक्रम शब्दयात्रा पत्रकार समाजका सचिव शिव बन्जाराले सञ्चालन गर्ने गर्नुभएको छ ।