शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ५९ औँ पुस्तक ‘चिन्ताकुल’ लाई चैत ५ गते बनेपामा आयोजित समारोहमा सार्वजनिक गरियो । प्रमुख अतिथिका रूपबाट एसएसपी रमेश खरेल र साहित्यिक पत्रकार मोहन दुवालले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गरेका थिए ।
बनेपाली प्रतिभा त्रिकालदर्शी भैलद्वारा लिखित पहिलो पुस्तक ‘चिन्ताकुल’ मा लेखकले पूर्वराजा वीरेन्द्रले मरणोपरान्त देशवासीका नाममा सम्बोधन गरेको कल्पना गरी देशको विषयवस्तुका बारेमा आफ्नो चासो र चिन्ता प्रकट गरेका छन् ।
हरि मञ्जुश्रीको मन्तव्य रहेको उक्त पुस्तक ६४ पृष्ठको छ । नेपालसुधार भैलका छोरा त्रिकालदर्शी भैल अमेरिकाको बोस्टनमा व्यवसाय गरी बस्छन् ।