शब्दयात्रा प्रकाशनले आध्यात्मिक चिन्तक तथा लेखक ढुण्डिराज पोखरेललाई आजीवन सदस्यता प्रदान गरेको छ । दोलखा जिल्लाको मालुमा जन्मनुभएका ढुण्डिराज पोखरेल हाल काठमाडौँमा बसोवास गर्नुहुन्छ । ढुण्डिराज पोखरेलले नेपाली समाजमा आध्यात्मिक तथा नैतिक जागरण गराउन विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुभएको छ । उहाँ साहित्य र अध्यात्म क्षेत्रका विभिन्न संस्थामा आबद्ध हुनुहुन्छ भने विभिन्न सम्मानबाट सम्मानित पनि हुनुभएको छ । शब्दयात्रा प्रकाशनले आफ्नो परिवारको नयाँ सदस्यका रूपमा उहाँलाई हार्दिक स्वागत गरेको छ ।
यसै गरी शब्दयात्रा प्रकाशनले लेखक सुनील सापकोटालाई पनि आजीवन सदस्यता प्रदान गरेको छ । उहाँ ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ का आर्थिक व्यवस्थापक पनि हुनुहुन्छ । देवीप्रसाद सापकोटाको सालिक निर्माण गर्न उहाँले शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग जुटाइदिनुभएको थियो । उहाँको पहिलो पुस्तक ‘स्वतन्त्रतासेनानी सुब्बा देवीप्रसाद सापकोटा’ नामक जीवनीकृति शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो र त्यही पुस्तकका कारण उहाँ ‘शब्दयात्रा सिर्जना सम्मान’ बाट २०७१ सालमा सम्मानित हुनुभएको थियो । ‘सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ र ‘सावित्री चरित्र’ पुस्तकको प्रकाशन गर्नका लागिसमेत शब्दयात्रा प्रकाशनले उहाँको सहयोग प्राप्त गरेको थियो । उहाँजस्ता उदारमना सहयोगी व्यक्तित्वलाई सदस्यका रूपमा प्राप्त गरेर शब्दयात्रा प्रकाशनले गौरवको अनुभव गरेको छ ।