शब्दयात्रा प्रकाशनले प्रकृति प्याकुरेललाई आजीवन सदस्यता प्रदान गरेको छ । उहाँ सहकारीकर्मी तथा व्यवस्थापन विषयकी छात्रा हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा प्रकृति प्याकुरेललाई हार्दिक बधाई छ ।
यसै गरी समाजसेवी, पूर्वप्रशासक तथा साहित्यकार चन्द्रबहादुर खड्काले पनि शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । उहाँका ‘रोएको मन’ (गीतसङ्ग्रह) र ‘बटुलबाटुल’ (लेखसङ्ग्रह) नामक दुई कृति प्रकाशित छन् । शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएकोमा उहाँलाई पनि हार्दिक बधाई छ ।