शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘शकुनावली’ नामक पुस्तक प्रकाशन हुने भएको छ । प्रतापदिल साधुले तयार पारेको ‘शकुनावली’ यसअघि सन् १९३६ मा बनारसबाट प्रकाशन भएको थियो । विभिन्न देवताहरूको दर्शनफलका विषयमा लेखिएको उक्त पुस्तकलाई सहदीप पलान्चोकेको सङ्कलन तथा सम्पादनमा शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको हो ।