काभ्रे सेवा समाजको कार्यसमितिका पदाधिकारीहरूले शब्दसाधक तीर्थको अवलोकन गर्नुभएको छ । उहाँहरूले नीलकण्ठेश्वर महादेव, शेषशायी विष्णु, सरस्वती र हनुमानको दर्शन गर्नुका साथै शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा पुस्तकालय, शब्दयात्रा स्तम्भ आदिको पनि अवलोकन गर्नुभएको थियो । काभ्रे सेवा समाजको कार्यसमितिका पदाधिकारीहरू समाजका अध्यक्ष केशव थापाको नेतृत्वमा शब्दसाधक तीर्थमा पुग्नुभएको थियो ।