Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesशब्दयात्रा पुस्तकालयका लागि पुस्तक उपहार

शब्दयात्रा पुस्तकालयका लागि पुस्तक उपहार

शब्दयात्रा प्रकाशनद्वारा बनेपाको नीलकण्ठेश्वरमा संस्थापित शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि भारतीय राजदूतावासले ४० हजार रुपियाँ पर्ने पुस्तकहरू प्रदान गर्ने भएको छ ।
भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा भारतीय राजदूतावासका तर्फबाट त्यससम्बन्धी पत्र शब्दयात्रा प्रकाशनका प्रतिनिधि डा. इन्दुल केसीलाई हस्तान्तरण गरिएको थियो ।
उक्त पत्रमा शब्दयात्रा प्रकाशन पुस्तकालयले खरिद गरेका ४० हजार रुपियाँ बराबरका पुस्तकहरूको भुक्तानी भारतीय राजदूतावासले गरिदिने कुरा उल्लेख छ ।