शब्दयात्रा प्रकाशनले ‘गीतिभास्कर’ उपाधि प्रदान गरेका गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटालाई प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवमा सम्मान गरिने भएको छ ।
मच्छेश्वर सापकोटाका साथमा कुमार बस्नेत, जयनन्द लामा, तीर्थकुमार थापा, मीरा थापा, मीरा राणा, ध्रुवराज खड्का र शिवनारायण जोशीलाई पनि सम्मान गरिने भएको छ । दिवङ्गत स्रष्टा सम्मान भने बुद्धिकृष्ण लामिछाने, कृष्णविक्रम थापा, भगवती दङ्गाल र लालबहादुर खातीलाई प्रदान गर्ने कार्यक्रम छ ।